प्रदेश २ लाई तालिबान बनाउन लागेको भन्दै मुख्यमन्त्री गद्दीको पुतला दहन
अभियानका अध्यक्ष विनय यादवले उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको बताए ।

२०७८ साउन ११ सोमबार, राति ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय एकता अभियानले प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरेको छ ।
राष्ट्रिय एकता अभियानले प्रदेश २ सरकारले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन लागेको आरोप लगाउँदै मुख्यमन्त्री राउतको आज जनकपुरधामस्थित जनकचोकमा पुत्ला दहन गरेका हुन् ।
राष्ट्रिय एकता अभियानले विधेयक फिर्ताको माग गर्दै प्रदर्शन सहित मुख्यमन्त्री राउतको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनको क्रममा प्रहरीसँग झडप समेत भएको थियो ।
अभियानका अध्यक्ष विनय यादवले उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको बताए ।
मुख्यमन्त्री कार्यालय अगाडिबाट निकालिएको बिरोध जुलुस जनक चोकमा आएर कोण सभा गर्दै सम्पन्न भएको थियो । जुलुसका क्रममा उनीहरुले मुख्यमन्त्रीको राजिनामा समेत माग गरेका थिए ।
सिरिशसमाचारबाट
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…