जसपाको विवाद

जसपामा उपेन्द्र यादब बलियो, रेशम–राजकिशोर पनि महन्थलाई छाडे 

उनलाई निर्वाचन आयोगमै उपस्थित गराएर हस्ताक्षर गराउने तयारी भइरहेको छ ।

२०७८ श्रावण ११ सोमबार
दिउसो २:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनता समाजवादी पार्टीका ५१ कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा स्पष्ट बहुमत सदस्य उभिएका छन् ।

निर्वाचन आयोगमा उपस्थित भएर ३५ जनाले यादवको पक्षमा सनाखत गरेका छन् भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेको नेताहरुले बताएका छन् ।

अध्यक्ष यादवले आफूहरुको पक्षमा अहिलेसम्म ३४ जनाले हस्ताक्षर गरेको बताए । उनी निकट स्रोतका अनुसार रेशम चौधरी पनि अहिले उपेन्द्र यादवकै पक्षमा उभिएका छन् ।

उनलाई निर्वाचन आयोगमै उपस्थित गराएर हस्ताक्षर गराउने तयारी भइरहेको छ ।

यसअघि ठाकुरसँगै रहेका नेताहरु अमृता अग्रहरी, राजकिशोर यादव, मनिष सुमन, रेशम चौधरी र गोविन्द चौधरी यादव पक्षमा सहभागी भएका थिए ।

ठाकुर समूहमा रहेका नेता शरतसिंह भण्डारीले पनि आफूहरुको पक्षमा १६ जनामात्रै रहेको जानकारी गराए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

लोक तथा दोहोरी गीत प्रतिष्ठान धनुषामा गायक विश्वकर्मा 

  • २०७८ श्रावण ११ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्य समिति धनुषाको ७ औं साधारणभा सम्पन्न भएको छ ।  प्रतिष्ठानको दशैं, दिपावली तथा छठको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रम

पूरा पढ्नुहोस्

Bureau Menus