जसपाका जिल्ला अध्यक्ष र उपाध्यक्ष एमालेमा प्रवेश
पार्टीमा समान व्यवहार गरिने र महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरिने प्रतिवद्धता पनि जनाए ।

२०७८ साउन १० आइतबार, बिहान १०:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । जनता समाजवादी पार्टी (जसपा) का सर्लाही जिल्ला अध्यक्ष रामरिख राय यादव र उपाध्यक्ष चन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।
काठमाडौंस्थित नेकपा एमालेका पार्टी कार्यालयमै आयोजित कार्यक्रममा उनीहरुलाई एमाले नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डे टिका लगाएर पार्टीमा भित्र्याए ।
मन्त्री पाण्डेले एमालेमा नयाँ पुरानो भनेर विभेद नहुने उनीहरुलाई आश्वासन दिएका छन् । पार्टीमा समान व्यवहार गरिने र महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरिने प्रतिवद्धता पनि जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…