जनकपुरधाम उपमहानगरपालिकाले ८ करोडमा बनाए 'जनक भवन', ७१ कोठा ३२ वटा ट्वाइलेट
नगरपालिका कार्यालय पक्की भवन हुँदै पछिल्लो पटक त्रेतायुगीन प्रेरणा दिने स्वरूपमा निर्माण गरिएको

२०७८ साउन ९ शनिबार, बेलुकी ६:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाले संयुक्तरूपमा उपमहानगरपालिकाको नवनिर्मित कार्यालय जनक भवनको उद्घाटन गरेका छन् ।
आठ करोड १३ लाख रुपैयाँमा निर्माण भएको सो छ तले भवनमा ७१ वटा कार्यालयसम्बन्धी कोठा र ३२ वटा शौचालय कक्ष रहेका छन् ।
प्राचीन मिथिलाका राजा जनकको दरबारका चिन्तन मननका सन्दर्भलाई जीवन्त तुल्याउने उद्देश्यले मूल भवनलाई जनक भवन, भुइँ खण्डलाई शतानन्द सदन (राजा जनकका गुरु), पहिलो खण्डलाई जानकी सदन, दोस्रो खण्डलाई सलहेश सदन, तेस्रो खण्डलाई विदुषी गार्गी सदन, चौथो खण्डलाई विदुषी मैत्रेयी सदन, पाँचौँलाई याज्ञवल्य सदन र छैटौँ खण्डको सभागृहलाई अष्टावक्र नामकरण गरिएको छ ।
विसं २०१९ मा जनक चोकमा सानो फुसको घर निर्माण भई शुरु भएको नगरपालिका कार्यालय पक्की भवन हुँदै पछिल्लो पटक त्रेतायुगीन प्रेरणा दिने स्वरूपमा निर्माण गरिएको छ ।
सो अवसरमा उपमहानगरपालिकाका प्रमुख साहले राजा जनकको दरबारका त्रेतायुगीन सन्दर्भलाई जीवन्त तुल्याउने सपना साकार भई आजदेखि नव इतिहास प्रारम्भ भएको धारणा राखे ।
उनले उपमहानगरपालिका रूपान्तरणको दिशातर्फ अघि बढेको प्रसङ्ग उल्लेख गर्दै चुनौती भए पनि पूर्वाधार निर्माण, सभ्यता, संस्कृतिको संरक्षण कार्यमा क्रमशः उल्लेखनीय सफलता प्राप्त हुँदै आएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…