प्रदेश २ः निलम्बीत मेयरका छोराले दलित महिलालाई घर पसेर कुटे
कल्याणपुर नगरपालिका वडा नम्बर ३ का कृपाल महराले ईलाका प्रहरि कार्यालय कल्याणपुरमा जाहेरी दिएको

२०७८ साउन ९ शनिबार, बेलुकी ६:०७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित निलम्बनमा परेका मेयरका छोराले दलित महिलालाई घर पसेर कुटपिट गरेको आरोप लगाइएको छ ।
सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ३ स्थित गएराती निलम्बनमा परेका कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका छोरा र भतिजो मिलेर एक दलित महिला र उनको छोरालाई कुटपिट गर्दा घाईते भएको हो ।
कल्याणपुर नगरपालिका वडा नं. ३ बस्ने कृपाल महराकी श्रीमति बष ४० की सीतादेवी महरा र बर्ष १८ का छोरा जीतेन्द्र महरालाई घर पसी कुटपिट गरेको आरोप पीडितले लगाएको छ ।
गएराति ११ बजे तर्फ आमा र छोरालाई जाँडरक्सी सेवन गरि दलित बस्तीमा गएर मध्यराति मरणासन्न कुटपीट र अभद्रव्यवहार समेत गरेको बताइएको छ ।
निलम्बीत मेयर मण्डलको कान्छो छोरा दिनेश मण्डल र मेयरकोभाई विषुन मण्डलको छोरा राकेश मण्डलले साँझदेखी नै जाड रक्सी खाएर महराको घर आँगनमा माटो र ढुँगा फँ्याकेपछि प्रतिकार गरेको थियो ।
सीताले आफ्नो घरमाथि माटो ढुँगा किन फालेको भन्दै प्रतिकार गरेपछि दुवै दाजुभाई मिलेर आमाछोरालाई कुटपिट गरेको आरोप लगाइएको छ । सीतासँग अभद्र व्यवहार समेत गरेको आरोप लगाईएको छ ।
कुटपिटबाट घाईते भएका जितेन्द्र महराका अनुसार, रक्सीखाएर आमालाई “चमिनीया” तलाई कसले कामदिन्छ भन्दै फोहोर गालि गरी घिसारी–घिसारी कुटपिट गरेको थियो ।
सोही क्रममा आमालाई किन कुटेको भनेपछि आफूलाई पनि कुटपिट गरेको आरोप लगाएको छ । घाईते आमा र छोराको उपचार युनिक मोडल अस्पताल कल्याणपुर ११ स्थित उपचार भइरहेको छ ।
घाईते जितेन्द्र महराले आफुहरुलाई घरमा कुटपिट गर्दा कल्याणपुर ईलाका प्रहरी कार्यालय कल्याणपुरलाई फोन गर्दा समेत कुनै वास्ता नगरेको गुनासो गरेको छ ।
जितेन्द्रले भने–“मेयरको छोरालाई पद ,पैसा र पावर छ , प्रहरीले हाम्रो कुरा हैन उनको कुरा सुन्छ । हामी गरिव दलितलाई ठूलो जातको मान्छेले मार्दै गर्दा केही गर्दैन कसको माथि विश्वास गर्नु प्रहरीले मेयरको नामै सुनेर घटना हुँदा आउदैन के गर्ने ? उनले प्रश्न तेर्साए ।
घाईते जितेन्द्र महराको बुवा ट्रयाक्टर चालकको रुपमा काम गर्ने गर्दछ । कल्याणपुर नगरपालिका वडा नम्बर ३ का कृपाल महराले ईलाका प्रहरि कार्यालय कल्याणपुरमा जाहेरी दिएको छ ।
निलम्बीत सूर्यनाथ मण्डलको भतिजहरुले दलित बस्तीमा बारम्बार महिलाहरुलाई जिस्काउने, गलत व्यवहार गर्ने तथा कुटपिट समेत पटक पटक गरिरहेको छ ४ महिना पहिले फुलो देवी महराको घरमा पसेर अभद्रव्यवहार गर्दे कुटपिट समेत गरेको थियो ।
दलित अधिकारकर्मी तथा दलित जागरण केन्द्र नेपाल गोलबजार सिरहाका सचिव संजय महराले दलित महिलामाथि गरेको अभद्रव्यहार र कुटपिट गरेको घटनालाई सुक्ष्म तरिकाले छानविन गर्नु पर्ने बताएका छन् ।
दलित अधिकारकर्मी संजय महराले पद पैसा र पहुँचको आधारमा कसैलाई छुटदिनु हुदैन मानव अधिकारको उल्लंघनका घटनामा प्रहरी प्रशासनले समय भित्र गम्भिरतापूर्व पिडीतको उपचार र न्याँयदिनु पर्ने बताए ।
महराका अनुसार दलित समुदायलाई पटक पटक घरमा पसेर अनेक व्यवहार गर्नु दुखद् हो त्यसैले कानुन अनुसार कार्वाहि गरेन भने दलितहरुलाई न्याँयको लागि आन्दोलन गर्न बाध्य हुने बताए ।
बालासुन्दरीखवरकोसहयोगमा
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…