भोलीदेखि सिडिओ अफिसमा सेवा अवधी थपे, तपाईको नगरपालिकाको पालो कुन–कुन दिन ?
सो दिन तोकिएको स्थानीय तहहरुबाहेक अन्यलाई सेवा नदिने भएको छ ।

२०७८ साउन ९ शनिबार, बिहान १०:४३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषा (सिडिओ अफिस) मा कोभिड १९ को कारण सेवामा लगाइएको सिन्डिकेटलाई विस्तार गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले भोली आईतबारदेखि लागू हुने गरी स्थानीय तहहरु अनुसार दिँदै आएको अवधी थप गरेको छ । कोभिड १९ को सँक्रमण केही कम भएपछि स्थानीय तहको सेवा अवधी थप गरेको हो ।
धनुषाका सिडिओ बन्धु प्रसाद वास्तोलाद्धारा हस्ताक्षरित सूचना अनुसार प्रत्येक आईतबार सबैला नगरपालिका, नगराईन नगरपालिका, गणेशमानचारनाथ नगरपालिका, मिथिलाबिहारी नगरपालिका, धनुषधाम नगरपालिका, शहिदनगर नगरपालिका र धनौजी गाउँपालिकालाई सेवा प्रदान गरिने भएको छ ।
प्रत्येक सोमबारको दिन पनि सोही अनुसार सेवा प्रवाह गरिने भएको छ । आईतबार सेवा प्रदान गरिने स्थानीय तहहरुलाई सोमबार पनि सेवा दिने सूचनामा उल्लेख गरिएको छ । सो दिन तोकिएको स्थानीय तहहरुबाहेक अन्यलाई सेवा नदिने भएको छ ।
यस्तै मगँलबार र बुधबारको दिन मुखियापट्टी मुसरनीया गाउँपालिका, मिथिला नगरपालिका, जनकनन्दिनी गाउँपालिका, लक्ष्मीनियाँ गाउँपालिका, हँसपुर नगरपालिका, बटेश्वर गाउँपालिका, औरही गाउँपालिका र विदेह नगरपालिकाको पालो तोकिएको छ ।

सूचना अनुसार, विहिबार र शुक्रबारको दिन जनकपुरधाम उपमहानगरपालिका र कमला नगरपालिकाको पालो तोकिएको छ । यसअघि शुक्रबारको दिन मात्र कमला नगरपालिकाको पालो तोकिएको थियो भने जनकपुरधाम उपमहानगरपालिकाको पालो विभिन्न वडा अनुसार तोकिएको थियो ।
सूचनामा सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपी, राहदानी लगायतका सेवाहरु तोकिएको दिनहरुमा तोकिएको स्थानीय तहका सेवाग्राहीहरुलाई प्रदान गरिने जनाइएको छ । यो नियम भोली आईतबार साउन १० गतेदेखि लागू हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…