सिरहातर्फ पनि कमला नदीको कटान सुरु
अहिले बर्षा थामिएकोले पानीको बहाब कम भएपनि कटान भने जारी रहेको स्थानीयहरु बताउँछन् । सिरहा तर्फ समेत कटान गर्न थालेपछि स्थानीयहरुले प्रशासनको प्रतिक्षा गर्न थालेको छ ।

२०७८ साउन ८ शुक्रबार, बेलुकी ७:३४ बजे१ मिनेट पढाइ

न्युज ब्यूरो, सिरहा । धनुषा र सिरहा जोडने कमला नदीले धनुषापछि अब सिरहा तर्फ पनि कटान सुरु गरेको छ ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरस्थित कमलाको बाँध भत्काएको कमला नदीले सिरहा तर्फ कल्याणपुर नगरपालिका वडा नम्बर ६ स्थित समेत कटान सुरु गरेको छ ।
अबिरल बर्षाको कारण कमला नदीमा उच्च बहाब बढेपछि सिरहा तर्फ पनि कटान सुरु गरेको हो । सर्वसाधारणहरुको खेत जमिन पर्ने क्षेत्र पनि कटान गरिरहेको छ ।
अहिले बर्षा थामिएकोले पानीको बहाब कम भएपनि कटान भने जारी रहेको स्थानीयहरु बताउँछन् । सिरहा तर्फ समेत कटान गर्न थालेपछि स्थानीयहरुले प्रशासनको प्रतिक्षा गर्न थालेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…