कमला नदीको बाँध भत्किनुमा सबैला नगरपालिकाका जनप्रतिनीधि दोषीः अभियानी यादव 

उनले यसको विरोधमा सबै नागरिकले स्थानीय जनप्रतिनीधिसँग जवाफ माग्न आग्रह समेत गरेका छन् । 

२०७८ श्रावण ७ बिहीबार
रति १०:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्युज ब्यूरो, ७ साउन । कमला नदीको धनुषा तर्फको सबैला नगरपालिकास्थित कमला तटबन्ध भत्किनुमा सबैला नगरपालिका दोषी रहेको ठहर कमला बचाउ अभियानी विक्रम यादवको छ । 

उनले सबैला नगरपालिकामा भएको विभिन्न योजनामा कमला तटबन्धको नजिकैबाट बालुवा, गिट्टी उत्खनन गरी काम गरेपछि तटबन्ध भत्किएको आरोप लगाएका छन् । उनले तटबन्ध भत्किनुमा सबैला नगरपालिकाको जनप्रतिनीधि उत्तिकै दोषी र जिम्मेवार रहेको बताएका छन् । 

कमला बचाउ अभियान गठन भएदेखि नै अभियानका सँयोजक समेत रहेका अभियानी यादवले निरन्तर कमला नदीको उत्खननको विरोध गर्दै आएपनि स्थानीय जनप्रतिनीधिहरुले त्यहाँबाट बालुवा गिट्टी उत्खनन गरेपछि बाँध भत्किएको आरोप लगाएका छन् । 

सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरस्थितबाट अबैज्ञानिक तरिकाले बालुवा ग्रावेल उठाएर सबैला नगरपालिकाको विभिन्न आयोजनामा काम गर्नु कतिको औचित्य थियो भनेर प्रश्न गर्दै उनले कमला तटबन्धमा मर्मतको नाममा त्यहीबाट उत्खनन गर्नु र बिलभरपाई कहिँ बाहिरको देखाएर लुटतन्त्रको पनि परिणाम भोगिएको आक्रोस पोखे । 

“हामी कानुन संग मिलोमतोमा तत्काल फाईदा लिन आतुर छौ तर हाम्रो भाबी पुस्ताको भबिष्य को कुनै मतलब नहुनु कतिको जायज छ ? अहिले एकाईसौं शताब्दीमा हामी युवा जागेनौ भन्ने कमला माँ को दोषी बनाएर भ्रामक समाचार नफैलाउनु बरु आफ्नो ठाउँ आफै बनाउ को नारामा लागी बिगत कयौं साल पहिला तीन तह का सरकारहरु थिएन , त्यतिबेला कमला मांँ को दोहन भएन आमा नै भन्ने जनता को अहिले कमला माँं को दोहन सम्म मात्रै नभैइ फोहोर गन्दगी फाल्ने मसिन को रूपमा प्रयोग भइरहेकै कुरा सर्बबितिदैछ।”– उनले लेखेका छन् । 

स्थानीय तहका जनप्रतिनीधिहरुले आफ्नो कार्यकर्ताहरु ठेकेदार बनाएर कार्यकर्ता पाल्न पनि कमला नदीको दोहनले बाँध भत्किएको बताउँदै उनले सबैको जिम्मेवार जनप्रतिनीधि र केही गाउँले ठेकेदार समेत भएको आरोप लगाएका छन् । 

उनले सबैला नगरपालिकाको दोहनको कारण र जनप्रतिनीधिको लोभ लालचको कारण आज सबैला नगरपालिका डेन्जर जोनमा परेको बताएका छन् । उनले यसको विरोधमा सबै नागरिकले स्थानीय जनप्रतिनीधिसँग जवाफ माग्न आग्रह समेत गरेका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहाको लहानबाट १० लाख रुपैयाँसहित हुण्डी कारोबारी साह पक्राउ

  • २०७८ श्रावण ७ बिहीबार

न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।  सिरहाको लहानस्थित रहेको गोलचोकबाट विशेष सूचनाको आधारमा लहानका नामुद हुण्डी कारोबारी मुकेश कुमार

पूरा पढ्नुहोस्

Bureau Menus

} }