महोत्तरीमा 'निधी क्रेज', माला लगाउन लाईन
हाल उनी पार्टीको केन्द्रिय कमान सम्हाल्छु भन्दै सभापतीमा उम्मेदवारी दिएपछि झन चर्चामा रहेका छन् ।

२०७८ साउन ७ बिहीबार, राति ८:४५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति एवम् प्रभावशाली नेता विमलेन्द्र नीधिलाई विहिबार महोत्तरीमा भव्य स्वागत गरिएको छ ।
नेकपा माओवादीको गड मानिने बर्दिवासमा आज पार्टी कार्यालयको उदघाटनमा पुगेका नीधिलाई ठाउँ ठाउँमा भव्य स्वागत गरिएको हो । उनलाई माला लगाउनको लागि नेता कार्यकर्ताहरुको लाईन नै लाग्नु पर्नु पनि नीधिप्रतिको क्रेज भनिएको हो ।
विमलेन्द्र निधी नेपाली कांग्रेसका केन्द्रिय उपसभापतिका साथ साथै वर्तमानमा मधेशमा कांग्रेसको कमान सम्हाल्ने नेता पनि हुन । मधेश र खास गरि प्रदेश २ मा कांग्रेसमा निधिको निर्देशन बिना केहि पनि हुदैन भन्ने धारणाबीच उनको आगमनले देखिएको स्वागत कार्यक्रममा उनीप्रतको क्रेजलाई दर्साएको हो ।
हाल उनी पार्टीको केन्द्रिय कमान सम्हाल्छु भन्दै सभापतीमा उम्मेदवारी दिएपछि झन चर्चामा रहेका छन् । सभापतीको सम्भावित उम्मेदवार भएसंगै देशमा पनि उनको चर्चा छ ।
महोतरीमा नवनिर्मित महोतरी कांग्रेसको जिल्ला पार्टी कार्यालयको आज समुदघाटन गर्न महोतरीको बर्दिबास हुदै आएका निधीको बर्दिवासमा सैयौं चारपाँग्रे गाडी सहित स्वागत गरिएको छ ।
त्यसै गरि जलेश्वर सम्मको यात्रामा बाटोमा पर्ने महोतरीको विभिन्न नगरपालिकामा उनका समर्थकहरुले उनलाई भव्य स्वागत सहित भारी मालाले स्वागत गरिएको हो ।
“महेश्वर प्रसाद सिंह स्मृति भवन” नामांकरण गरि नेपाली कांग्रेस महोत्तरी जिल्ला पार्टी कार्यालय भवनको उद्घाटन तथा स्वर्गीय महेश्वर प्रसाद सिंहको स्मारक (सालिक) अनावरणमा हजारौं हजारका संख्यामा सर्मथकहरुलाई सहभागि गराएर निधिले शक्ति प्रदर्शन गरेका छन् ।
निधीका अन्य नेता कार्यक्रताले यसलाई स्वभाविक भनेपनि निधी भने भदौमा तय भएको महाधिवेशनको प्रचार प्रसारमा लागि सकेको कांग्रेसीहरुकै दावी छ ।
त्यसकै उदाहरण स्वरुप महोतरीको शक्ति प्रदशर्न रहेको उनीहरुको तर्क छ । पार्टीका सभापती शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सहितको शक्तिशाली सरकार बन्दा पनि निधिलाई सरकारसंग कुनै मतलव देखिदैन । उनको ध्यान मात्र महाधिवेशन तर्फ केन्द्रित रहेको निधी निकट स्रोतले बतायो ।
सधै निधिको सहयोगमा पार्टीमा बर्चश्व जमाएका देउवा पुनः यसपालि पनि प्रधानमन्त्री र पार्टी सभापतीमा पनि दावी गरेपनि निधी उनीसंग रुष्ट बनेका छन् । देउवालाई तर्साउनकै लागि पनि महोतरीमा शक्ति प्रदर्शन गरेको हुन सक्ने पार्टीका जानकारहरु बताउछन् ।
यस अघि गत वर्ष पनि तय भएको महाधिवेशनको पुर्व सन्ध्यामा जनकपुरधाम आएका निधीलाई महोतरीको बर्दिवास बाटै उनका समर्थकहरु गाडीको ताती सहित स्वागत गर्दै जनकपुरधाममा प्रचारात्मक शक्ति प्रदर्शन गर्न लगाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…