ट्राफिकको महिनबारी

सिरहामा ट्रक, ट्रिपर र ट्रयाक्टरलाई ट्राफिकको लाईन, ट्राफिक प्रहरी यसरी असुल्छ महिनबारी

सिरहाको गोलबजार, मिर्चैया, लहान, बन्दिपुर, बरियारपट्टि क्षेत्र, चोहर्बा, सिरहा लगायतका ठाउँमा ट्राफिकले लाइन

२०७८ श्रावण ६ बुधबार
रति ८:४८ बजे
न्यूज ब्यूरो, डेस्क

 न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ को पूर्वी जिल्ला सिरहास्थित ट्राफिक प्रहरीले राजमार्गमा चल्ने सवारीहरुबाट महिनबारी लिँदै गरेको खुलेको छ । 

सिरहास्थित रहेको सिमेन्ट फ्याक्ट्रीहरुबाट ओभरलोड गरी चल्ने सवारीहरुबाट महिनबारी असुलेर सँचालन गर्न दिएको खुलेको छ । पूर्व–पश्चिम राजमार्गमा दिनहुँ चेकिँग गर्ने सिरहा ट्राफिकले सर्वसाधारणलाई होल्ड गरेपनि लाइन भएको सवारीलाई पहिचानको आधारमा छाडने गरेको छ । 

न्यूज ब्यूरोका सिरहा प्रमुख सबिन यादवले गरेको एक स्टीँग अपरेशनको क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत चल्ने सवारीमध्ये मापदण्ड विपरित सँचालनमा रहेको सवारीहरुको लाइन दिएको प्रष्ट देखिएको छ । 

मापदण्ड विपरित समान ओभरलोड गर्ने सवारी, लाईसेन्स नभएको सवारी, कर समेत नतिरिएको सवारीलाई लाइनको आधारमा चल्न दिएको भिडियोमा प्रष्ट छ । 

न्यूज ब्यूरोको टीमले गरेको स्टीँग अपरेशनको क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत चल्ने विभिन्न सवारीलाई होल्ड गरिएको पाइयो । सो क्रममा ट्राफिक प्रहरीसँग नयाँ भएको वा लाइन नभएको चालकसँग चिट काटने गरेको पाइयो भने लाइन भएको चालक पहिचान गरी त्यतिकै छाडिरहेको पाईयो । 

स्टीँग अपरेशनको क्रममा लाइन मिलाएको एक चालकलाई ट्रकमा ओभरलोड गरेको कारण होल्ड गरिएको थियो । सो क्रममा चालक तल झरेर परिचय दिएपछि लाइन मिलाएको बुझियो । उनलाई तत्कालै जान दिइयो । 

न्यूज ब्यूरोले चालकसँग सोध्यो–“हामीलाई यहाँ होल्ड गरेको छ । तपाईलाई चैँ त्यतिकै छाडियो त ? कसरी ?” अनि, चालकले आफूहरुको ट्राफिकसँग लाईन भएको जवाफ फर्काए । उनले ट्राफिक प्रहरीलाई महिनबारी रकम दिने गरेको पनि बताए । 

सिरहाको विभिन्न ठाउँबाट राजमार्ग सहित लोकमार्ग पनि चल्ने सवारी धनीसँग ट्राफिक प्रहरीले लाइन दिएको हुन्छ । ईटा भठ्ठा, क्रसर, सिमेन्ट फ्याक्ट्रीबाट निस्कने सवारीले मापदण्ड विपरित लोड गरिएको अवस्थामा पनि ट्राफिकले हरियो झण्डी देखाउने गरेको छ । 

लाईन दिएको सवारीको लागि चालकले कुनै कागजपत्र समेत नबोके फरक पर्दैन् । उनीहरुले भठ्ठा मालिक, क्रसर मालिक, सिमेन्ट फ्याक्ट्रीको व्यवस्थापन पक्ष, होलसेलर पक्षसँग मापदण्ड विपरित पनि सवारी सँचालन गर्न दिइने मौखिक सम्झौता भएको स्थानीय एक नेताले बताए । 

सिरहाको गोलबजार, मिर्चैया, लहान, बन्दिपुर, बरियारपट्टि क्षेत्र, चोहर्बा, सिरहा लगायतका ठाउँमा ट्राफिकले लाइन मिलाएको बुझिएको छ । 

  • 84%
  • 7%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा दुई दिने एथलेटिक्स प्रतियोगिता, मनोकामना बोर्डिँग स्कूल प्रथम

  • २०७८ श्रावण ६ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  निजि विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनको संयुक्त आयोजनामा दुई दिने एथलेटिक्स टुर्नामेन्ट सम्पन्न भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा श्रीराम जानकी अन्तर्राष्ट्रिय रंगशालामा आयोजित सो एथलेटिक्स टुर्नामेन्टमा

पूरा पढ्नुहोस्

Bureau Menus

} }