पोखरीमा डुबेर एक युवकको मृत्यू
पोखरीमा डुबेर मृत्यु भएका माझीको पहिलादेखि नै मानसिक सन्तुलन ठीक नरहेको उनका आफन्तले प्रहरी समक्ष बयान दिएका छन् ।

२०७८ साउन ६ बुधबार, दिउँसो ४:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । प्रदेश नम्बर २ को सर्लाही जिल्लास्थित पोखरीमा डुबेर एक युवकको मृत्यू भएको छ ।
सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ४ हरैयाका ३० वर्षीय भुरकर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मंगलबार राति करिब पौने ९ बजे पोखरीमा डुबेका माझीको शव जाल हानेर खोजतलास गर्ने क्रममा बुधबार करिब साढे १० बजे फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
पोखरीमा डुबेर मृत्यु भएका माझीको पहिलादेखि नै मानसिक सन्तुलन ठीक नरहेको उनका आफन्तले प्रहरी समक्ष बयान दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…