कमला तटबन्ध भत्कियो, ३ नगरपालिकामा त्रास
स्थानीयहरुले भने अहिले बर्षा रोकिएको अवस्थामा बाँध बनाउने कार्यको लागि प्रशासनले तीव्रता देखाउनुपर्ने माग गरेको छ । उनीहरुले आफूहरु पनि श्रमदान गरी बाँध बचाउने बताएका छन् ।

२०७८ साउन ६ बुधबार, दिउँसो १२:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहा जिल्ला जोडने कमला नदीको धनुषा तर्फको तटबन्ध भत्किएको छ । आज विहान सो तटबन्ध भत्किएको हो ।
अबिरल बर्षाका कारण कमला नदीमा आएको पानीको उच्च बहाबका कारण धनुषा तर्फको सबैला नगरपालिका वडा नं. १३ किरतपुर–ढोलबज्जास्थितको तटबन्ध भत्केको हो ।
स्थानीयहरुका अनुसार, सो तटबन्ध भत्किएपनि पानी भने अहिले गाउँमा पसेको छैनन् । पानीको बहाबमा कमी आएपछि पानी बस्तीमा नपसेपनि पुनः बहाब उच्च भए गाउँमा पानी पस्ने चिन्ता बढेको हो ।
स्थानीय प्रशासनले सो ठाउँमा सुरक्षाकर्मीहरु खटाएपछि उचीत भिजन र उपायको अभावमा बाँधलाई बचाउन सकेको छैनन् । प्रत्येक वर्ष आउने कमलाको बाढीले बितण्डा मच्चाएपनि सरोकारबालको ध्यान बाढीकै बेला मात्र जाने गरेको छ ।
कमला नदीको समस्यामा पनि केही राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले राजनीतिक गरिरहेको आरोप स्थानीयहरुको छ । उनीहरुले उचीत व्यवस्थापनको साटो राजनीति गरेको आरोप लगाएको हो ।
भत्किएको ठाउँमा बोरामा बालुवा, गिट्टी वा सिमेन्ट राखेर भएपनि तत्काल बचाउन सकिने अवस्था भएपनि त्यस्तो नगरिएको बताइएको छ । बाँध करिब २ फिट जति मात्र बाँकी रहेर भत्किएको हो ।
पहाडमा बर्षा भएपछि पुनः कमला नदीमा पानीको उच्च बहाब भए कमला नगरपालिका, सबैला नगरपालिका र शहिदनगरपालिकाको विभिन्न वस्तीमा पानी पस्नेछ ।
स्थानीयहरुले भने अहिले बर्षा रोकिएको अवस्थामा बाँध बनाउने कार्यको लागि प्रशासनले तीव्रता देखाउनुपर्ने माग गरेको छ । उनीहरुले आफूहरु पनि श्रमदान गरी बाँध बचाउने बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…