कमला नदीकोे छर्की (बाँध) भत्किने अवस्थामा, गाउँको गाउँ सखाप हुने त्रास
कमला नदीको बाँध भत्किए गाउँको गाउँ सखाप हुने चिन्ता बढेको छ ।

२०७८ साउन ५ मंगलबार, बिहान ११:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ५ साउन । अविरल वर्षाको कारण धनुषा र सिरहा जिल्ला जोडने कमला नदीको बाँध भत्किने अवस्थामा पुगेको छ ।
धनुषातर्फको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरस्थितको बाँध नाजुक अवस्थामा पुगेको छ । जुनसुकै बेला पनि कमला नदीको छर्की (बाँध) भत्किने त्रास देखिएको छ ।
कमला नदीको यो छर्की भत्किए आसपासको गाउँ बस्ती बग्ने त्रास फैलिएको छ । गएराती देखि नै कमला नदीमा पानीको बहाब बढेको भएपनि स्थानीय सरोकारबाला निकायले त्यहाँ पुग्न सकेको छैनन् ।
भारत सरकारले बनाइदिएको कमला नदीको बाढीले प्रत्येक बर्ष वितण्डा मच्चाउँदै आएको छ भने कमला नदी आयोजनाका पदाधिकारीहरु भने सुख्खा मौसममा अनुगमन नीरिक्षण गरेपनि बाढीको समयमा लाचार बस्ने गरेका छन् ।
स्थानीय सँचारकर्मी, अगुवाहरुले सरोकारबालाहरुलाई निरन्तर सम्पर्क गरी बस्ती जोगाउन , बाँध जोगाउन आग्रह गरेपनि सरोकारबाला निकाय भने पुग्न सकेको छैनन् । कमला नदीको बाँध भत्किए गाउँको गाउँ सखाप हुने चिन्ता बढेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…