पर्सी बुधबार सार्वजनिक विदाको घोषणा
प्रत्येक वर्ष मुस्लिम धर्मावलम्बीहरुको उल्लासको पर्व मानिने बकरइदमा सार्वजनिक विदा दिँदै आएको छ ।

२०७८ साउन ४ सोमबार, बेलुकी ६:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले आगामी साउन ६ गते बुधबारको दिन सार्वजनिक विदाको घोषणा गरेको हो ।
सरकारले साउन ६ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय सोमबार गरिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम धर्मावलम्बीको चाड बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका हुन्।
यस्तै सरकारले सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई आगामी असोज मसान्तसम्म विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय समेत गरेको कार्कीले जानकारी दिए।
प्रत्येक वर्ष मुस्लिम धर्मावलम्बीहरुको उल्लासको पर्व मानिने बकरइदमा सार्वजनिक विदा दिँदै आएको छ । यसअघि केन्द्र सरकारले नदिएको खण्डमा पनि प्रदेश नम्बर २ मा प्रदेश सरकारले बकरइदमा सार्वजनिक विदा दिँदै आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…