सोमबारी पर्वकै दिन सप्तरीको शिव मन्दिरमा नाग, पूजापाठ गर्नेको भीड
हिन्दुधर्मावलम्बीहरुले सर्पलाई बिषहारा भगवानको दर्जा दिएर पूजापाठ गर्ने गरिन्छ ।

२०७८ साउन ४ सोमबार, बिहान ११:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीको रुपनी गाउँपालिका(४ भथौलस्थित श्याम मडरको घरमा विशाल नाग (सर्प) निस्केपछि पूजापाठ गर्नेहरुको भीड लाग्न थालेको छ ।
कुलदेवता (गोसाइ) घरमा नाग निस्केको हो । घरबाट बाहिर निकालेर सर्पलाई शिव मन्दिरमा राखिएको छ । अहिले उद्धारको प्रयास भइरहेको बताइएको छ ।
गर्मीका कारण विशालु सर्प निस्केको हुनसक्छ । तर आज साउन महिनाको पहिलो सोमवार भएकाले भगवान शिवले नागस्वरुपको दर्शन दिएको स्थानीय बताउँछन् ।
हिन्दुधर्मावलम्बीहरुले सर्पलाई बिषहारा भगवानको दर्जा दिएर पूजापाठ गर्ने गरिन्छ । भगवान शिवको घाँटीमा जतिबेला हुने नाग सर्प शिवालयमा भएपनि साक्षात नाग देवता नै प्रकट भएको स्थानीयहरु बताउँछन् ।
साउन महिनाभरी प्रत्येक सोमबार शिवालयहरुमा लाग्ने सोमबारी व्रत (पावन) को दिन शिव मिन्दरमा सर्प आएपछि नाग आएको भनेर स्थानीयहरुले पूजापाठ सुरु गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…