प्रधानमन्त्री देउवा विश्वासको मत प्राप्त गर्न सफल
देउवाको पक्षमा १६५ सांसदले मतदान गरेको हुनाले उनले प्रस्तुत गरेको प्रस्ताव सफल भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे।

२०७८ साउन ३ आइतबार, राति १०:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ३ साउन । प्रधानमन्त्री शेर बहादुर देउवा प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन्।
प्रधानमन्त्री देउवाले विश्वासको मत लिन आईतबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा भएको मतदानमा देउवाको पक्षमा १६५ जना सांसद उभिएपछि विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् ।
देउवाको पक्षमा १६५ सांसद र विपक्षमा ८३ साँसदले मतदान गरेको हुनाले उनले प्रस्तुत गरेको प्रस्ताव सफल भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे।
उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् ।
राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् ।
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधरका पनि चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् । एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन् ।
धानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् ।
देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् ।
देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।
त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…