माधव नेपाल भेटन प्रचण्ड पुगे कोटेश्वर
माधव नेपाल पछिल्लो पटक सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिएनन् ।

२०७८ साउन २ शनिबार, दिउँसो २:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । नेकपा एमालेका दोस्रो तहका नेताहरु १० बुँदे सम्झौता कार्यन्वयनमा जुटेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् ।
पुनःस्थापित संसदको अधिवेशन भोलिदेखि शुरु हुँदैछ । प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिनुपर्ने अवस्थामा गठबन्धनको रणनीतिबारे छलफल गर्न प्रचण्ड माधव नेपाल निवास पुगेको बताइएको छ ।
गठबन्धनका दुई घटक जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी नभएकाले मन्त्रिपरिषद विस्तार समेत हुन सकेको छैन । विश्वासको मत दिए पनि सरकारमा सहभागिताबारे माधव नेपाल पक्ष अनिर्णित रहेको छ ।
नेकपा एमालेको पछिल्लो घटनाक्रमका बारेमा दुई नेताबीच पछिल्लो समय नियमित छलफल भइरहेको छ । माधव नेपाल पछिल्लो पटक सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिएनन् । नेपालप्रेसबाट
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…