यसपाली सोमबारी मेला पनि लाग्न नदिने

कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको हुँदा जिल्लामा मेला, धार्मिक यात्रा तथा जमघटमा रोक

२०७८ श्रावण १ शुक्रबार
दिउसो १:३३ बजे
न्यूज ब्यूरो, डेस्क
File Photo

न्यूज ब्यूरो, महोत्तरी ।  महोत्तरीमा साउन महिनामा शिव मन्दिरहरुमा लाग्ने साउने सोमवारी लागयतको धार्मिक मेला, यात्रा तथा जमघटमा रोक लगाईएको  छ। 

जिल्ला प्रशासन कार्याय महोत्तरीले आज एक सुचना जारि गर्दै कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको हुँदा जिल्लामा मेला, धार्मिक यात्रा तथा जमघटमा रोक लगाइएको जनाएको छ । 

साउन महिनामा धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अतिनै महत्वपूणर् मानिन्छ तर यस वर्षपनि कोरोना महामारीको दोस्रो भेरियण्टको मध्य नजर गदै प्रशासन कार्यालय महोत्तरीले जिल्लाका जलेश्वर महादेव, टुटेश्वर महादेव, कारिक स्थान लगायतका सम्पूणर् शक्ति पीठहरुमा नित्य पूजा बाहेक अन्य मेला, भेला, धार्मिक यात्रा तथा जमघटमा रोक लगाएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने द्वारा हस्ताक्षरित सुचनामा कसैले अवज्ञा गरेको पाइए संक्रामक रोग ऐन, २०२०, कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने जनाइएको छ ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लोक तथा दोहोरी गीत प्रतिष्ठान धनुषामा गायक विश्वकर्मा 

  • २०७८ श्रावण १ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्य समिति धनुषाको ७ औं साधारणभा सम्पन्न भएको छ ।  प्रतिष्ठानको दशैं, दिपावली तथा छठको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रम

पूरा पढ्नुहोस्

Bureau Menus