मधेशी भनेर प्रहरी हेपेकी ज्वाला सँग्रौला थुनामुक्त
तर, उनकी श्रीमान हिमाल उपाध्यायलाई भने एक लाख रुपैयाँ धरौटी माग गरिएको बताइएको छ ।

२०७८ असार २९ मंगलबार, राति ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी भनेर रँगभेदी व्यवहार गर्दै प्रहरी हेपेकी ज्वाला संग्रौला थुनामुक्त भएकी छन् । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलालाई जिल्ला अदालत, काठमाडौंले सरकारी लिखत सम्बन्धी कसूरमा सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।
तर, उनकी श्रीमान हिमाल उपाध्यायलाई भने एक लाख रुपैयाँ धरौटी माग गरिएको बताइएको छ । त्यसोत, यस अगाडि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीहरुलाई अभद्र ब्यवहार सम्बन्धी कसुरमा १०÷१० हजार रुपैयाँ धरौटी माग गरेको थियो ।
पुरानो साथी खुश्बु घिमिरेलाई कुटपिट गरेपछि प्रहरी वृत्त, गौशालामा ज्वाला संग्रौलाविरुद्ध किटानी जाहेरी परेको थियो, त्यसपछि उनी यही असार ६ गते पक्राउ परेकी थिइन् ।
उनी पक्राउ पर्नु केही दिन अगाडि मात्रै पनि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झालाई रंगभेदी शब्द प्रयोग गरेर दुव्र्यवहार गर्नुका साथै सरुवा गराइदिने धम्की समेत दिएकी थिइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…