प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवाको निवास जाने बाटो धमाधम मर्मत
देउवा प्रधानमन्त्री बन्ने निश्चित भएसँगै यो सडक मर्मतका लागि हतार गरिएको छ ।

२०७८ असार २९ मंगलबार, दिउँसो १:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । प्रधानमन्त्री नियुक्त हुने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठतर्फ जाने सडक धमाधम मर्मत थालिएको छ ।
काठमाडौंमा झमझम पानी परिरहेका बेला महाराजगञ्जबाट बूढानीलकण्ठ जाने सडकका खाल्डाखुल्डी पिच गरेर टाल्न थालिएको हो ।
आजै बिहान ६ बजे धुलाम्य सडकमा पानी खन्याइएको थियो । अहिले पानी परिरहेका बेला सडकमा जाम गराएर ठाउँ ठाउँमा पीच भइरहेको दृष्य देखिएको छ ।
देउवा निवास महाराजगञ्जबाट चार किलोमिटर दूरीमा पर्छ । यो सडकको अधिकांश भाग बिग्रेको अवस्थामा छ । विद्युत प्राधिकरण र खानेपानीले पालैपालो सडक खनेर अस्तव्यस्त बनाएका छन् ।
देउवा प्रधानमन्त्री बन्ने निश्चित भएसँगै यो सडक मर्मतका लागि हतार गरिएको छ ।
नेपालप्रेसबाट
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…