सँसदहरुको बजेट बाँडफाँडमा कुरा नमिल्दा सँसद नै अवरुद्ध
मन्त्रीले व्यक्तिगत स्वार्थ पुरा गर्ने योजना ल्याएका कारण विपक्षी सांसदहरुलाई सतापक्षका सांसदले पनि सहयोग गरेका छन् ।

२०७८ असार २९ मंगलबार, बिहान ८:१८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को साँसदहरुमा बजेट बाँडफाँडको कुरामा सहमति नहुँदा प्रदेस सभा अवरुद्ध गरिएको छ । प्रदेश सभा बैठक सुचना टााँस गरेर स्थगित गरिएको छ ।
बैठक स्थगित हुँदा बजेटमाथि छलफल अन्यौलमा परेको छ । बजेट बाँडफाँटमा सहमति नहुदा प्रदेश सभा बैठक सुचना निकालेर स्थगित भएको हो ।
गत बजेट छलफलको क्रममा आइतबार प्रदेश सरकारको बजेट पुस्तिका (रेड बुक) मा असहमति जनाउदै विपक्षीले प्रदेश सभा अबरुद्ध गरेपछि सोमबार भएको बैठकमा सहमति हुन नसक्दा प्रदेश सभा बैठक सुचना निकालेर स्थगित भएको हो ।
सरकार र विपक्षी दलका सचेतक बिच छलफल भएपनि सहमति हुन नसक्दा मुख्यमन्त्री सहितको बैठक बसेको माओवादी केन्द्रका सचेतक दिलिप साहले बताए ।
सोमबार दिउँसोदेखि संसदीय दलका सचेतकहरु सम्मिलित बैठक पछि साँझ मुख्यमन्त्रीसंग बैठक बसेको छ । सचेतकहरुको बैठकमा सहमतिकालागि विभिन्न कोणबाट छलफल भएको सचेतक साहले बताए ।
मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा अधिकांस योजना राखेको, मन्त्रीका जिल्लालाई सम्बन्धित मन्त्रालयले प्राथमिकतामा राखेको र मन्त्रालयमा अबण्डा बजेट राखेको भन्दै प्रमुख प्रतिपक्ष एमाले र विपक्षी माओवादी केन्द्रले प्रदेश सभा बैठक अबरुद्ध गरेको हो ।
मन्त्रीले व्यक्तिगत स्वार्थ पुरा गर्ने योजना ल्याएका कारण विपक्षी सांसदहरुलाई सतापक्षका सांसदले पनि सहयोग गरेका छन् ।
भौतिक पुर्वाधार, समाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्रीले आफनो निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याएको र मन्त्रालयमा अबण्डा बजेट राखेको विपक्षी दलका सांसदहरुको आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…