सार्वजनिक यातायातमा यात्रुसँग तेब्बर भाडा, भाडा नदिएपछि वृद्धलाई खलासीले समाते कठालो
सिरहासहित अन्य ठाउँमा चल्ने केही सार्वजनिक यातायातमा यात्रुलाई कोचेर तेब्बर भाडा लिरहेको भएपनि स्थानीय प्रशासनले नजरअन्दाज गरेको छ । वृद्धको कठालो समातेर भाडा लिएको सवारीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

२०७८ असार २७ आइतबार, बेलुकी ७:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको सार्वजनिक यातायातमा स्थानीय प्रशासनकै मिलोमत्तोमा तीग गुणा अर्थात तेब्बर भाडा लिरहेको पाईएको छ ।
प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित विभिन्न शहरबाट चल्ने सार्वजनिक सवारी साधनमा यात्रुहरुसँग तिन गुणा भाडा असुलिरहेको पाईएको छ । सोही क्रममा आईतबार एक सवारी चालकले तीग गुणा भाडा लिएको पाइएको छ ।
सिरहाको गोलबजारबाट सिरहाको सदरमुकामसम्म चल्ने एक माईक्रोमा केही दुरीको भाडा ३० रुपैयाँ लिएपछि वृद्ध तातिएको देखिए । माईक्रो चालकले वृद्धसँग सिरहाको चोहर्बादेखि पानबारी चोकसम्मकै ३० रुपैयाँ काटेपछि वृद्धाले भाडाको रकम फिर्ता मागिरहेका थिए ।

सोही क्रममा न्यूज ब्यूरोका सिरहा प्रमुख सबिन यादवले स्पोट पुगे । त्यहाँ करिब ३ किलोमिटरभन्दा पनि कम दुरीमा ३० रुपैयाँ माग्दा वृद्धले थप रकम फिर्ता मागिरहेको देखिए । भाडाको लागि दिएको १०० रुपैयाँबाट ३० रुपैयाँ काटेर ७० रुपैयाँ फिर्ता दिएपछि उनले हल्ला गर्न थालेको देखिए । सो चोकसम्म मात्र १० रुपैयाँ भाडा रहेकोमा ३० रुपैयाँ बलपूर्वक थर्काएर भाडा असुलेको देखियो ।
गोलबजारबाट सिरहासम्म चल्ने स १ ज २५८ नम्बरको मिनी माईक्रोका खलासीले सो वृद्धलाई कठालो (कालर) समातेर जबरदस्ती ३० रुपैयाँ लिरहेको देखियो । न्यूज ब्यूरोको टिम पुगेपछि माईक्रोका चालकले नयाँ खलासी रहेको भन्दै गलतीले ३० रुपैयाँ काटेको स्वीकारे ।
अन्दाजी ७० बर्षीय वृद्धलाई माईक्रोका खलासीले कठालो समातेर जबरदस्ती रकम लिरहदाँ माईक्रोममा बसेका अन्य यात्रुहरु भने तमासा हेरिरहेका थिए । न्यूज ब्यूरोको टिम पुगेपछि पनि चालकले अहिले माईक्रो चलाउन नदिएको र ट्राफिकलाई मिलाएर चलाएको पनि बताए ।
चालकले ट्राफिकलाई समेत रकम दिनुपर्ने भएकोले भाडा बढाएर लिएको पनि खुलाए । कोरोनाको कारण बन्द रहेको सार्वजनिक यातायात सिरहामा ट्राफिक प्रहरीको मिलोमत्तो र सेटिँगमा चलेको चालकले खुलाएका छन् ।
सिरहासहित अन्य ठाउँमा चल्ने केही सार्वजनिक यातायातमा यात्रुलाई कोचेर तेब्बर भाडा लिरहेको भएपनि स्थानीय प्रशासनले नजरअन्दाज गरेको छ । वृद्धको कठालो समातेर भाडा लिएको सवारीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…