उपद्रवीहरुदले बारम्बार इन्टरनेटको तार काटिदिँदा सेवाग्राहीहरु मार्कामा
उनीहरु रातिको समयमा इन्टरनेटको तार काट्ने, कार्यालय कक्षको झ्याल खोली थुक्ने, कुर्सी टेबुल तथा परिसरमा जथाभावी फोहर गर्ने गरेका छन् ।
२०७८ असार २१ सोमबार, बिहान १०:१८ बजे१ मिनेट पढाइ

उमेश यादव, सिरहा । सिरहा जिल्लास्थित उपद्रवीहरुले इन्टरनेटको तार काटिदिँदा सेवाग्राहीहरु मार्कामा परेका छन् । सिरहा नगरपालिका वडा नंं. ६ कार्यालयको इन्टरनेट लाइन काटेर सेवा कार्य प्रभावित गर्ने प्रयास गरिएको छ । उपद्रवीहरुले १५–२० दिनको अन्तरालमा तीन पटक सो कार्यालयको इन्टरनेटको तार काटेको हो ।
पटक–पटक इन्टरनेटको तार काट्दा सेवाग्राही मार्कामा परेको वडा नं. ६ का अध्यक्ष विजय कुमार यादवले बताए । अध्यक्ष यादवका अनुसार जन्मदर्ता, मृत्युदर्ता, वालपोषण, बृद्ध भत्ता सहितका कार्य अनलाइनबाट नै हुनेभएकोले वाईफाइको तार काट्दा सेवाग्राही मार्कामा परेका छन् । अनलाईनबाट हुने सेवा कार्य ठप्प हुँदा उनीहरु मार्काम परेका हुन् ।
सोही वडाका लागुऔषध सेवन गर्ने केही युवाले यस्तो अपराधिक कार्य गरेको अनुमान गरिएको छ । उनीहरु रातिको समयमा इन्टरनेटको तार काट्ने, कार्यालय कक्षको झ्याल खोली थुक्ने, कुर्सी टेबुल तथा परिसरमा जथाभावी फोहर गर्ने गरेका छन् ।
ती युवाहरु किन यस्तो गर्दै छन् वा अपराधी मानसिकता भएकोले नै यस्तो उपद्रव गरेका हुन यकिन भएको छैन । वडाअध्यक्ष यादव स्थानीय प्रहरीसंग यो विषयमा छलफल समेत गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
उमेश यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…