धनौजी गाउँपालिकाका निमित्त अधिकृत 'गौरी शँकर मण्डल' ले बजेट ल्याउन दिएन
करिब डेढ बर्षअघि मात्र धनौजी गाउँपालिका वडा न २ को सचीवलाई अख्तियारले घुस लिदै गरेको अवस्थामा रँगेहात पक्राउ गरेको थियो ।

२०७८ असार २१ सोमबार, बिहान ९:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रायः विवादमै तानिदै आएको धनुषाको धनौजी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गौर शँकर मण्डलले आगामी आर्थिक वर्षको बजेट ल्याउन बाधक बनेका छन् ।
चालु आर्थिक वर्षको विभिन्न योजनाबाट २० देखि ४० प्रतिशतसम्म कमिशन लिँदै आएको अधिकृत मण्डलले कमिशन बायपास नहोस भनेर आगामी आर्थिक वर्षको बजेट ल्याउन बाधा उत्पन्न गर्ने गरेको खुलेको छ ।
स्वास्थ्य शाखाबाट पावरको भरमा निमित्त अधिकृत बनेका मण्डलले उपभोक्ता समिति भन्दा पनि ९० प्रतिशत कार्य मात्र कोटेशनमा दिँदै आएको छ । ५ लाख भन्दा बढी रकम विनियोजन गरिएको योजनाहरुमा पनि कमिशनको दाउमा योजना तोडेर कोटेशनमा दिँदै आएका छन् । जसबाट उनले लिने कमिशन नडुबोस भन्ने उदेश्यले आगामी आर्थिक वर्षको बजेट ल्याउन दिएका छैनन् ।
केही योजनाहरु उपभोक्ता समिति मार्फत गराएको भएपनि भुक्तानी पूर्व कमिशन नदिए दुई महिना अघि नै सम्पन्न भएको योजनाहरुको पनि भुक्तानी दिन मानेका छैनन भने अधिक रकमलाई पनि कोटेशन बनाएर नजिकका एनजिओ वा निर्माण फर्महरुलाई योजना दिँदै आएका छन् ।
“कुनै पनि योजनाको भुक्तानीको लागी इन्जिनियर ,योजना अधिकृत ,प्रमुख प्रसाशिकय अधिकृत ,लेखा,एकाउन्ट सम्म सबैलाई पैसा खुवाउनुपर्छ ।”– एक उपभोक्ता समितिका पदाधिकारीले भने ।
योजना सम्पन्न गरेको ठेकेदार, उपभोक्ता समितिले अधिकृत गौरी शँकर मण्डल, ईन्जीनियर छोटे मण्डल, लेखा समेतलाई जनकपुरको होटेलमा लगेर भोज भतेर नखुवाएसम्म भुक्तानी दिँदैन –एक उपभोक्ता समितिका अध्यक्षले भने, अधिकृत गाउँले भएकै कारण पनि दादागिरी जस्तै गरेको छ । तर, हामीले कमिशन दिँदा त्यसको रेकर्ड पनि राख्ने गरेका छौं । कुन ठाउँमा के कति दिएको छु सबै रेकर्ड राखेको छु । यो भुक्तानी नदिए हामी फल्यास गर्छौ ।”– उनले भने, तर रेकर्ड भने उपलब्ध गराएनन् ।
करिब डेढ बर्षअघि मात्र धनौजी गाउँपालिका वडा न २ को सचीवलाई अख्तियारले घुस लिदै गरेको अवस्थामा रँगेहात पक्राउ गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…