कमला पुलका ठेकेदारलाई कानुनी दायरामा ल्याउः कमला अभियानी यादव
तर हुलाकी सडकसम्म आउँदा थप चार नदी मिसिएर कमला नदीको बहाब क्षेत्र झन फराकिलो भएको छ ।

२०७८ असार २१ सोमबार, बिहान ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गुणस्तरियहिन कार्य भएको हुँदा कमला नदीको पुल नबन्दै भत्किएको भन्दै कमला बचाउ अभियानका सँयोजक विक्रम यादवले ठेकेदारलाई कारवाहीको माग गरेका छन् ।
कमला जलाधार संरक्षण अभियानले कमला पुल भासिएको विषयमा छानविन गरी ठेकेदार कम्पनीहरुलाई कानूनीको दायरमा ल्याउन माग गरेको छ ।
आईतवार अभियानका सँयोजक विक्रम यादवले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधानमन्त्री केपीशर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
पुलको पुर्ननिर्माणको कार्य प्रारम्भ गर्न पनि जोडदार माग गर्दछौं– संघका अध्यक्ष विक्रम यादव र सचिव विनोद महराले बुझाएको ज्ञापन–पत्रमा उल्लेख छ ।
पूर्वपश्चिम राजमार्गको पुलभन्दा बढी लम्बाई हुनुपर्नेमा ४७० मिटर लम्बाई मात्र भएकाले पानीको बहाब थेग्न नसकेर तटबन्ध समेत भत्काई जनधनको क्षति हुने खतरा रहेको पनि विज्ञप्तीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
हुलाकी सडकदेखि राजमार्गको दुरी ३५ मिलोमिटर रहेको छ । राजमार्गमा कमला पुल ६४० मिटरको छ । तर हुलाकी सडकसम्म आउँदा थप चार नदी मिसिएर कमला नदीको बहाब क्षेत्र झन फराकिलो भएको छ ।
तर ४७० मिटरको पुल मात्र बनाएका कारण पनि भासिएको संघको ज्ञापनपत्रमा भनिएको छ । हुलाकी सडक अन्तर्गत सिरहा–धनुषा जोड्ने कमला पुल भत्किनुको कारण डिजाइन, इस्टिमेट र सम्झौता अनुसार पिलरहरुको हुनुपर्ने गहिराई नभएको पनि अभियानले ठहर गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…