विदेश पठाउन एजेन्टले सवा लाख रुपैयाँ लिए, भनेजति तलब नदिएपछि गोली हानी हत्या
हत्या पछि फरार अवस्थामा रहेका कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि प्रहरीले कुर्मीलाई हिरासतमा लिएको छ ।

२०७८ असार १९ शनिबार, बेलुकी ५:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विदेशमा आफ्नो छोराले राम्रो काम नपाएपछि कपिलवस्तुमा एक बाबुले वैदेशिक रोजगारमा पठाउने एजेन्टको गोली हानी हत्या गरेको खुलेको छ । हत्या भएका व्यक्ति कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरी रहेका थिए ।
कपिलवस्तु प्रहरीले हत्याका मुख्य अभियुक्त भनिएका विजयनगर गाउँपालिका(१ ९साविक गणेहपुर गाविस–१० का ५० वर्षीय पशुपति कुर्मीलाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीका लागि युवाहरूलाई विदेश पठाउने कार्यमा संलग्न पुरीको २०७५ चैत १७ गते राति साढे ९ बजे गोली हानी हत्या गरिएको थियो । उनको हत्या योजना अनुसारनै भएको प्रहरीले जनाएको छ ।
हत्या पछि फरार अवस्थामा रहेका कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि प्रहरीले कुर्मीलाई हिरासतमा लिएको छ ।
निजलाई भारतको महाराजगञ्ज नगरपालिका–१० हर्दौना स्थित नेपाल भारत सीमावर्ती क्षेत्रमा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिएका छन् ।
कुर्मीका छोरालाई बहराइनमा वैदेशिक रोजगारमा पठाउने भन्दै एजेन्ट पुरीले १ लाख १५ हजार रूपैयाँ लिएका थिए । तर विदेश पठाएपछि उनका छोराले भनेजति तलब र काम पाएनन् ।
विदेशमा पिडित बनेपछि कुर्मीले एजेन्टसँग विदेश जानु अघि लिएको लागत फिर्ता माग्दा पैसा फिर्ता नपाएपछि भारतमा बसेर मार्ने योजना बनाएका थिए । योजनापछि नेपाल आएका कुर्मी सहित अरु दुई जनाले पुरीको घरमा पुगेर पैसा फिर्ता माग्दा पैसा नदिएपछि कटुवा पेस्तोलले हानेर हत्या गरेर फरार भएका थिए ।
प्रहरीले उक्त घटनामा संलग्न अन्य दुई जनाको खोजि भईरहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…