कोशीमा बज्यो खतराको साईरन, ३० फाटक खोलियो
केही ढोका मात्रै खोलिँदा यहाँ पानीको चाप सप्तरी तर्फ जान थालेपछि ढोका खोलिएको हो ।

२०७८ असार १९ शनिबार, दिउँसो १२:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ र प्रदेश नम्बर १ को सीमाको रुपमा रहेको कोशी ब्यारेजमा अहिले खतराको साईरन बजेको छ ।
लगातार र अबिरल बर्षााको कारण कोशी नदीमा पानीको बहान अधिक बढदै गएको छ भने बढने क्रम समेत जारी रहेको कोशी ब्यारेज कन्ट्रोलले जनाएको छ ।
दिउँसो १२ः३० बजेको पानीको बहाब २ लाख ३१ हजार ६ सय ५५ क्यूसेक प्रति सेकेण्ड रहेको छ । कोशी नदीमा पानीको बहाब शुक्रबार भन्दा शनिबार अधिक भएको कन्ट्रोलले जनाएको छ ।
यसका साथै, कोशीमा पानीको अधिक बहाब हुन थालेपछि दिउँसो १२ बजेसम्म ३० वटा ढोका खोलिएको हो । केही ढोका मात्रै खोलिँदा यहाँ पानीको चाप सप्तरी तर्फ जान थालेपछि ढोका खोलिएको हो । पानीको बहाब निरन्तर बढने क्रममा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…