नयाँ लाईसेन्सको फाराम भरेका आवेदकहरुको बायोमेट्रिक सुरु
यसमा नयाँ लाईसेन्सको लागि नयाँ फारामको मिति भने अझै तय गरिएको छैन् ।

२०७८ असार १७ बिहीबार, दिउँसो १:०७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधाममा नयाँ लाईसेन्सको लागि फाराम भरेका आवेदकहरुको लागि बायोमेट्रिक खोल्ने भएको छ ।
आउँदो असार २० गते आईतबारदेखि अनलाईन फाराम भरी कार्यालय भिजिट ४ जुलाई भएको आवेदकहरुले बायोमेट्रिक गर्न आउन सूचना गरिएको हो ।
यातायात व्यवस्था कार्यालय जनकपुरका निमित्त प्रमुख बीरेन्द्र कुमार साहले एक सूचना जारी गर्दै अनलाईन फर्म भरी भिजिटिँग मिति ४ जुलाई भएका आवेदकहरुले बायोमेट्रिक गर्न पाउने भनिएको छ ।
असार २० गतेदेखि सुरु हुने सो मिति परेका आवेदकहरुले कार्यालयमा आउन अनुरोध गरिएको छ । त्यसपछि सम्बन्धित मिति परेका आवेदकहरुले सोही दिन आउन पनि सूचनामा भनिएको छ । 
२० गतेदेखि सुरु भई त्यसपछि ५ जुलाई, ६ जुलाई लगायत अन्य भिजिटिँग मितिमा आवेदकलाई भीडभाड नगरी, स्वास्थ्यको मापदण्ड अपनाई बायोमेट्रिक गराउन सूचनामा उल्लेख गरिएको हो ।
कोरोनाको कारण बन्द गरिएको यातायात कार्यालयको सेवाहरु कोरोनाको दोस्रो लहर शान्त भएसँगै पुनः सेवा सुविधाहरु खोल्न लागिएको हो । यसमा नयाँ लाईसेन्सको लागि नयाँ फारामको मिति भने अझै तय गरिएको छैन् ।
निषेधाज्ञा अघि नै फाराम भरी प्रतिक्षामा रहेका चालकहरुको हकमा मात्र तोकिएको मितिमा बायोमेट्रिक हुने सूचनामा उल्लेख गरिएको हो । कोरोनाका कारण करिब ३ महिनादेखि यातायात कार्यालय बन्द रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…