सडकको अगाडी पछाडी ढलान गरी बीचमा राखे खाली, स्थानीयहरुले गरे वडाध्यक्षलाई गाली
यसका साथै, वडा नम्बर २ का वडाध्यक्ष राजकुमार साह र वडासचिव दिलीप मण्डलले मिलोमत्तोमा योजनाहरु सँचालन गरी रकम झवाम्म पारेको आरोप लगाएको हो ।
२०७८ असार १६ बुधबार, दिउँसो ४:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ स्थित मँगलबार स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
वडा नम्बर २ धनौजीस्थित रहेको एक सडकमा प्रवेशमा र निकास गर्ने ठाउँमा ढलान गरी बीचमै ढलान गर्न छाडेको भन्दै युवाहरुले तालाबन्दी गरेका छन् । उनीहरुले वडाध्यक्षको बदमासी बताउँदै बीचको सडक ढलान गर्न तालाबन्दी गरेका हुन् ।
मेन रोड नै पर्ने बाटोमा अगाडि पनि ढलान र पछाडि पनि ढलान गरिएको छ भने करिब ५० मिटर जति बिचमा त्यतिकै छाडेपछि पानी जम्नुका साथै हिलैहिलो भएपछि स्थानीयहरुले वडाध्यक्षलाई वडा कार्यालयमा पुगेर गाली गर्दै तालाबन्दी समेत गरेको हो ।
एक वर्षअघि नै सो बाटो पूर्णता पाउनुपर्ने थियो, तर अझै बनाएको छैन् । वडाध्यक्षले भोँट दिएको भनी पहिचान गरी उनीहरुको अगाडी सडक ढलान गरिदिएको छ । उनलाई जहाँ भोट परेको छैनत्यहाँको बाटो खाली छाडिदिएको छ ।”–स्थानीय एक युवकले भने ।
यता, वडाध्यक्षले आफ्नो घर जाने बाटोमा पुरै ढलान गरेका छन् भने अन्य छेउको सडक अझै पनि हिलाम्य छ । वडा नम्बर २ का वडाध्यक्ष र वडा सचिव मिलेर रकम झवाम्म पार्न नसकेको योजना पनि कागजी देखाएको आरोप लगाएको छ ।
चालु आर्थिक वर्षमा वडास्तरीय बजेट २ करोड रहेको छ । तर पनि विकास निर्माणको लागि बाँकी रहेको सडक समेत बनाउन नसकेको भन्दै स्थानीयहरुले वडाध्यक्षलाई गाली गर्दै तालाबन्दी गरेको हो ।

यसका साथै, वडा नम्बर २ का वडाध्यक्ष राजकुमार साह र वडासचिव दिलीप मण्डलले मिलोमत्तोमा योजनाहरु सँचालन गरी रकम झवाम्म पारेको आरोप लगाएको हो ।
नजिकै रहेको रामजानकी मन्दिर परिसरमा माटो हाल्न मात्र ५० हजार रुपैयाँको बजेट भएपनि २० देखि २५ ट्रिप माटो मात्र हालेको बताइएको छ । प्रति ट्रयाक्टर ६०० रुपैयाँ पर्ने माटोमा पनि भ्रष्टाचार गरेको आरोप लगाएको हो ।
वडाअध्यक्षले प्राय सबै जसो योजनाहरु आफ्नो छोरा लाई कोटेसनमा दिदै आएका छन् । ।यो भन्दा पहिलाको सचीव अख्तियारले धुस लिदै गरिएको समातेको थियो भने अहिलेको कामचलाउ सचिव मण्डलले नापी, मूल्याँकन सबै आफू नै गरी कागजी हिसाब मिलान गर्ने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…