यो हप्ताभित्रै समाजिक सुरक्षा भत्ताको रकम खातामा जान्छ : मेयर गोईत
खाताधारीको खातामा सो रकमहरु यो साताभित्रै प्रविष्ट हुने जनाइएको छ ।

२०७८ असार १४ सोमबार, बिहान ९:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका मेयर राम उदगार गोईतले अपुग भएको समाजिक सुरक्षा भत्ता यो साताभित्रै खातामा जाने बताएका छन् ।
आईतबार वृद्धवृद्धाहरुलाई लिएर नगरपालिका पुगेको एक समूहले समाजिक सुरक्षा भत्ताको माग गर्दै नारावाज गरेका थिए । मेयर गोईतले अपुग भएको समाजिक सुरक्षा भत्ताको रकम कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा भएको जनाउँदै यो साताभित्रै सम्बन्धित व्यक्तिको खातामा जाने बताए ।
गत असार ९ गते राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका अधिकृत मेघराज शँकरद्धारा हस्ताक्षरित पत्रमा महोत्तरी र धनुषाको ५ वटा स्थानीय तहमा थप अपुग रकम निकासा गरेको उल्लेख गरेको छ । जसमा धनुषामा कमला नगरपालिकाको पनि नपुग रकम निकासा गरेको उल्लेख छ ।

कमला नगरपालिकाको लागि आर्थिक वर्षमा पठाएको अख्तियारी अनुसार ८ करोड १४ लाख ६३ हजार रुपैयाँ रहेकोमा को.ले.नि.का बाट हालसम्म ५ करोड ६४ लाख ७० हजार रुपैयाँ मात्र निकासा भएको उल्लेख छ । नपुग भएको रकम २ करोड ४९ लाख ७६ हजार रुपैयाँ समेत निकासा भएको उल्लेख गरिएको छ ।
खाताधारीको खातामा सो रकमहरु यो साताभित्रै प्रविष्ट हुने जनाइएको छ । उनले आन्दोलन र नगरपालिका कार्यालय घेराउको कुनै तुक नै नरहेको बताउँदै निजी स्वार्थको लागि मात्र वृद्धवृद्धाहरुलाई उचालेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…