सुजिता ठाकुर हत्या प्रकरणलाई सुक्ष्म छानिबन गर्नुस् : अध्यक्ष डा. दत्त
घटनालाई मधेशी आयोग र राष्ट्रिय महिला आयोगले गम्भीरतापूर्वक लिएर सँगै सहकार्य गरि अगाडी बढ्ने उनले बताए ।

२०७८ असार १२ शनिबार, बेलुकी ६:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ स्थित महोत्तरीको भ्रमरपुरामा आफ्नै परिवारद्वारा सुजिता ठाकुरको हत्या भएको भनिएको विषयमा मधेशी आयोगले चासो लिएको छ ।
रतौली माइती भएकी सुजाताको निर्ममतापुर्वक हत्या गरिएको बताईएको छ । ससुराली पक्षले घांटी रेटेर सुजाताको हत्या गरी शवलाई फ्रिजमा राखेर त्यसपछि खेतमा लगेर पुरेको खबर बाहिरिएको थियो।
मृतक महिलाको ५ वर्षको छोराले घट्नाको सरा वृतान्त सार्वजनिक गरेको बताईएको छ । आयोग अध्यक्ष डा. विजयकुमार दत्तले आयोगमा दर्ता भएको उजुरीका विषयमा आवश्यक कानुनी कारवाहीको लागि प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका छन् ।
अध्यक्ष दत्तले घटनाको विषयमा महोत्तरीका प्रहरी प्रमुखलाई टेलीफोन सम्पर्क गरि घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
आयोगले पनि आफ्नो तर्फबाट कारवाहीको प्रक्रिया अगाडी बढाइएको जानकारी अध्यक्ष दत्तले बताए । घटनालाई मधेशी आयोग र राष्ट्रिय महिला आयोगले गम्भीरतापूर्वक लिएर सँगै सहकार्य गरि अगाडी बढ्ने उनले बताए ।
आयोगले यस्ता घटनाका सम्बन्धमा नजिकको प्रहरी चौकी वा आयोगको हेल्पलाइन ११५२ वा टोल फ्री १६६००११६१८५ मा सम्पर्क गरि उजुरी टिपाउन आयोगले निरन्तर आग्रह गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…