प्रदेश २ः पोखरी नीरिक्षण गर्न गएका वडाध्यक्षलाई डोजरले हिर्काएर हत्या
देवकोटाका अनुसार ईश्वरपुर ३ को मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको हो।

२०७८ असार १२ शनिबार, बिहान ९:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । प्रदेश २ स्थित सर्लाही जिल्लाको ईश्वरपुरमा वडाध्यक्षको हत्या भएको छ। ईश्वरपुर(३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रवार राति हत्या भएको प्रहरीले जनाएको छ।
ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले पनि वडाध्यक्ष श्रेष्ठको हत्या भएको पुष्टि गरे। शुक्रबार साँझ ठेकेदार प्रेम दाहालसँगै श्रेष्ठ पनि पोखरी निरीक्षण गर्न गएका थिए।
भर्खरै खनिएको पोखरीको निरीक्षण गर्न जाँदा भएको विवादको क्रममा डोजर संचालकसहित केही व्यक्तिले वडाध्यक्षको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
देवकोटाका अनुसार ईश्वरपुर ३ को मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको हो।
सो क्रममा नजिकैको पसलमा खाजा खानेक्रममा जेसीभीका चालक र वडाध्यक्षबीच बिबाद भएको थियो। खाजा खाएपछि दुवै पोखरी बिस्तार भइरहेको ठाउँमा गएका थिए।
‘बिवादका क्रममा आक्रोशित जेसिभी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेछन्,’ मेयर देवकोटाले भने, ‘हत्या गरेपछ वडाध्यक्षलाई त्यही पुरेर चालक भागेका रहेछन्।’
प्रहरीले जेसिभी चालक रविन तामाङ भनिने हरिपुर नगरपालिकाको हर्कबहादुर तामाङलाई पक्राउ गरेको मेयर देवकोटाले जानकारी दिएको नागरिक टाईम्समा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…