नगरपालिकाले बाटो नबनाइदिएपछि स्थानीयले सडकमै रोपे धान
नगरपालिकाका जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउनका लागि आफुहरुले बाटोमै धान रोपेको उनीहरूको भनाइ छ ।

२०७८ असार १० बिहीबार, बिहान ७:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१२ स्थित विरोध स्वरूप स्थानीयवासीले सडकमै धान रोपेका छन् ।
वर्षातको मौसम शुरु भएसँगै हिलाम्य भई आवतजावतमा समस्या उत्पन्न भएपछि उनीहरूले सडकमै धान रोपेर विरोध जनाएका हुन् ।
सडक हिलाम्य भएर आवागमनमा सास्ती हुँदा समेत जनप्रतिनिधिले बाटो मर्मतमा कुनै चासो नदेखाएपछि सांकेतिक विरोध स्वरूप हिलाम्य बाटोमै धान रोपिएको स्थानीयले बताएका छन् ।
‘जनप्रतिनिधिले सडक मर्मत गरिदिएनन् । त्यसैले हामी विरोधस्वरुप धान रोपेका हौं,’ स्थानीय खगेश्वर यादवले भने । सडक मर्मतका लागि वडाध्यक्ष राजु श्रेष्ठ र मेयर हरिनारायण चौधरीलाई पटक पटक जानकारी गराउँदा समेत उनीहरुले कुनै सुनुवाइ नगरेको स्थानीय रामकुमार महतोको आरोप छ ।
करिब ४ सय मिटरको उक्त सडक कालोपत्रे गर्नका लागि बाटो बन्द गर्न खाल्डो खनिएको थियो । तर, हालसम्म पनि काम नहुँदा खाल्डो त्यतिकै छाडेपछि हिलो जमेर सडक नै अवरुद्ध भएको छ । सडक नबन्दा स्थानीय सास्ती खेप्न बाध्य बनेको उनीहरूले बताए ।
नगरपालिकाका जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउनका लागि आफुहरुले बाटोमै धान रोपेको उनीहरूको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…