गाउँपालिका अगाडी युवाहरुले रोपे धान
उनीहरुले केही दिनमै यहाँको बाटो नबने गाउँपालिकामा जनप्रतिनीधिहरुलाई निषेध गर्ने चेतावनी पनि दिएको छ ।
२०७८ असार ९ बुधबार, बेलुकी ५:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका कार्यालयकै अगाडी स्थानीय युवाहरुले सडकमै धान रोपेका छन् ।
बिगत ४ बर्षमा आधा दर्जन बढी हाकिमको सरुवा गर्न सके पनि आफ्नो गाउँपालिकाको कार्यालय अगाडीको सडक भने बनाउन सकेको छैनन् । सोहीको विरोध जनाउँदै साँकेतिक रुपमा कार्यालय अगाडी धान रोपेका हुन् ।
स्थानीय युवा रबि भगतको अगुवाईमा युवाहरुले सडकै धान रोपेका हुन् । “धनौजी गाउँपालिका भ्रष्टाचारी मात्रै गर्न सक्छन् ।आफ्नो स्वार्थ न मिले र कमिसन न मिले स्थानीय प्रतिनिधि हरुले चर बर्शमा कयौंपटक गाउँपालिकामा तलाबन्दी गरिदै आएको छ । तर कुनै पनि स्थानीय प्रतिनिधिले गाउँपालिकाको अगाडि बाटोलाई राम्रो गर्न कुनै चासो देको छैनन् ।”– उनले भने ।
सबै स्थानीय प्रतिनिधिहरु आफ्नो कमिसन मिलेन भने भाडामा मान्छे बोलाएर गाउँपालिकाको अगाडि हो–हल्ला र कैयौं पटक तालाबन्दी गरेको छ ।
उनीहरुले केही दिनमै यहाँको बाटो नबने गाउँपालिकामा जनप्रतिनीधिहरुलाई निषेध गर्ने चेतावनी पनि दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मुकेश पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…