आजैदेखि मालपोत कार्यालय पनि खुल्यो, कुन स्थानीय तहको पालो कुन दिन ?
सोही दिन धनुषाको धनुषाधाम नगरपालिका, मिथिला बिहारी नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका स्थानीयलाई सेवा प्रवाह गरिने भएको छ ।

२०७८ असार ८ मंगलबार, बेलुकी ५:२१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको दोस्रो लहरको कारण बन्द गरिएको मालपोत कार्यालय धनुषा जनकपुर आज (मँगलबार) देखि नै खुलेको छ ।
लामो समयदेखि बन्द रहेको मालपोत कार्यालय खुलेपछि कार्यालयमा सेवाग्राहीको भीड लागेको हो । करोडौ रुपैयाँ राजस्व उठने मालपोत कार्यालय बन्द हुँदा आर्थिक अवस्थामा समेत असर परेको थियो ।
मालपोत कार्यालय धनुषाले सेवामा सिन्डीकेट लगाउँदै विभिन्न दिनमा सेवा प्रदान गरिने भएको छ । मालपोत कार्यालय धनुषाले एक सूचना जारी गरी धनुषाको १७ वटै स्थानीय तहको सेवा दिन अनुसार दिने भएको छ ।
सो अनुसार प्रत्येक आईतबार जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १ देखि वडा नम्बर ४ सम्मलाई सेवा दिने भएको छ । सोही दिन धनुषाको सबैला नगरपालिका, नगराईन नगरपालिका र गणेशमान चारनाथ नगरपालिकाभित्रका सेवाग्राहीहरुलाई मात्र सेवा दिने भएको छ ।
जारी गरिएको सूचनामा सोमबार जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ५ देखि वडा नं. ७ सम्मलाई सेवा दिने भएको छ । सोही दिन धनुषाको धनुषाधाम नगरपालिका, मिथिला बिहारी नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका स्थानीयलाई सेवा प्रवाह गरिने भएको छ ।
यस्तै, मँगलबार जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ८ देखि ११ सम्मसहित जनकनन्दिनी गाउँपालिका र मिथिला नगरपालिकाको सेवाग्राहीलाई मात्र सेवा प्रदान गरिने छ । कोरोनाको कारण भीड नियन्त्रण गर्न तोकिएको आधारमा मात्र सेवा पाउने भएको छ ।
बुधबार जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १२ देखि १४ सम्मसहित बटेश्वर गाउँपालिका, लक्ष्मीनियाँ गाउँपालिका र हँसपुर नगरपालिकाको सेवाग्राहीलाई सेवा दिने जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
यस्तै, विहिबार जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १५ र १६ सहित शहिदनगर नगरपालिका, विदेह नगरपालिका र धनौजी गाउँपालिकाभित्रको सर्वसाधारणलाई सेवा प्रदान गरिने भएको छ ।
शुक्रबारको दिन कमला नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १७ देखि २५ सम्मलाई सेवा दिने निर्णय गरिएको हो । जमिनको नामसारी, जमिनको रजिष्ट्रेशन लगायतका कार्यहरु सूचारु भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…