सातै प्रदेशको डिआईजी फेरिए, प्रदेश २ मा आए रँजीतकार
आफ्नो कार्यशैली र कार्य सम्पादनले कडा मानिएका सिँहलाई सिआईबीको जिम्मेवारी तोकिएको हो ।

२०७८ असार ७ सोमबार, बेलुकी ६:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको जिम्मेवारी डीआईजी धिरजप्रताप सिंहले पाएका छन् । उनी प्रदेश नम्बर २ प्रहरी कार्यालयको नेतृत्व गरिरहेका थिए ।
हाल सीआईबीमा रहेका डीआईजी सहकुल थापाको प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको छ ।
गृहले सातवटै प्रदेशका प्रहरी प्रमुख पनि परिवर्तन गरेको छ । प्रदेश १ मा अरुणकुमार वीसी, प्रदेश २ मा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी र लुम्बिनीमा मुकुन्द आचार्य पठाइएका छन् । कर्णालीमा गणेशबहादुर ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेल पठाइएका छन् ।
प्रदेश नम्बर २ मा हुँदा धीरज प्रताप सिँह चर्चामा रहेका थिए । आफ्नो कार्यशैली र कार्य सम्पादनले कडा मानिएका सिँहलाई सिआईबीको जिम्मेवारी तोकिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…