मधेशी भनेर प्रहरी हेपेकी 'ज्वाला सँग्रौला' सहित तीन जना पक्राउ
मधेशी आयोग र राष्ट्रिय मानव अधिकार आयोग दुबैले सिफारिस गर्नुपर्ने आवश्यकता छ ।”– उनले भनेका छन् ।

२०७८ असार ६ आइतबार, राति ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी भनेर हेप्दै प्रहरीमाथि दुर्व्यवहार गरेको घटनामा जाली अभियन्ता ज्वाला सँग्रौला पक्राउ परेकी छिन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले संग्रौलालाई पक्राउ गरेको परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । प्रहरीमाथि दुर्व्यवहार गरेको घटना बाहिर आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिंहले बताए ।
केही दिनअघि संग्रौलाले प्रहरी कर्मचारीलाई समुदायको आधारमा सरुवा गर्ने धम्की दिएको भन्दै भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले यो मुद्दामा विशेष सक्रियता देखाएपछि सँग्रौला टिमलाई पक्राउ गरिएको हो । यसका साथै आयोगका अध्यक्ष दत्तले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तोप बाहादुर मगरलाई टेलिफोन सम्पर्क गरि त्यो घटनालाई कडा रुपले छानिबन गर्न आग्रह गरेका छन् ।
“मात्र मधेशी आयोग हैन, राष्ट्रिय मानवाधिकार आयोगको संग सरोकार राख्ने विषय हो किन भने मधेशी को विषय राष्ट्रिय मुद्दाको विषय पनि हो र यो घटना माथि कारवाहीको लागि मधेशी आयोग र राष्ट्रिय मानव अधिकार आयोग दुबैले सिफारिस गर्नुपर्ने आवश्यकता छ ।”– उनले भनेका छन् ।
यसका साथै अध्यक्ष दत्तले विभिन्न अधिकारकर्मी तथा वकिलहरु संग सम्पर्क गरि यो घटना माथि विचार विमर्श गरेका छन् । रंगभेदी अपराध प्रति आफू सचेत रहेको भन्दै यस्ता प्रकारका घटनामा चुप नबस्न र तुरुन्त मधेशी आयोगमा जानकारी गराउन आग्रह पनि गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…