मधेशी आयोगको विशेष दबाबपछि प्रहरी झालाई पुनः पहिलकै ठाउँमा सरुवा
आफूलाई अभियन्ता भन्ने ज्वाल सँग्रोला टिमले असई झालाई मधेशी भन्दै मधेशमै जा भनेर हेप्दै रँगभेदी व्यवहार गरेपछि चौतर्फी आलोचना सहित दबाब बनेको थियो ।

२०७८ असार ३ बिहीबार, दिउँसो १२:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी भन्दै हेपिएका प्रहरी मणिकान्त झालाई मधेशी आयोगको विशेष दबाबपछि पुनः सोही ठाउँमा सरुवा गरिएको छ ।
आफूलाई अभियन्ता भन्दै प्रहरीलाई थर्काएका ज्वाल सँग्रौलाका टिमलाई कारवाहीको लागि नेपाल प्रहरीलाई पत्राचार गरेका मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले झाको सरुवा पुनः सोही ठाउँमा गर्न दबाब बनाएका थिए ।
सम्प्रादायिकता हिसाबले प्रहरी झासँग गरिएको व्यहावरलाई कानुनन अपराध बताउँदै आयोगका अध्यक्ष दत्तले प्रहरी महानीरिक्षकलाई फोन सम्पर्क मार्फत दुरव्यवहार गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनमा निर्देशन दिएका थिए ।
“मणिकान्त झा भन्ने प्रहरीलाई केहि सामाजिक अभियन्ताहरुले करिब १ महिना अगाडी ूमधेशी हो, मधेश तिर जाू भनेर हेपेको सम्बन्धमा भाइरल भएको भिडियो हिजो आयोगमा उजुरी आउन बित्तिकै माननीय अध्यक्षज्यूको निर्देशनानुसार दर्ता गरि सम्बन्धित निकायमा आवश्यक कारवाहीको लागि आयोगले पठाइसकेको जानकारी गराउदछु ।”– आयोगको पत्रमा उल्लेख छ ।
अध्यक्ष दत्तको फोन पश्चात प्रहरी सहायक नीरिक्षक (असई) मणिकान्त झालाई महाराजगंजबाट बग्गीखानामा गरिएको काज सरुवालाई फिर्ता गरि फेरी हिजो नै पुनः महानगरीय ट्राफिक, महराजगंज पठाइसकेको बताएका छन् ।
दोषीलाई कानूनी दायरामा ल्याउन आयोगले सिफारिस गरिसकेको र प्रक्रिया पनि अगाडी बढिसकेको अध्यक्ष दत्तले बताए । न्यूज ब्यूरोसँगको कुराकानीमा अध्यक्ष दत्तले बारम्बार यस्ता प्रकार घटना भएको र विभिन्न निकायबाटै ढाकछोप भएपनि अब त्यस्तो नहुने प्रतिवद्धता जाहेर गरे ।
“कुनै समुदायलाई अपमानजनक शब्द प्रयोग गरि होच्याउनु कानुनतः अपराध हो र यस्ता घटनाहरु प्रति माननीय अध्यक्षज्यू र आयोग सचेत रहेको समेत सबैमा विनम्र जानकारी गराउदछु ।”
यस्ता घटनाहरु घटेमा आयोगको हेल्पलाइन ११५२, टोल फ्री १६६००११६१८५, फोन ०१–५२६११८५ मा सम्पर्क गरि उजुरी टिपाउन आग्रह समेत गरिएको छ ।
आफूलाई अभियन्ता भन्ने ज्वाल सँग्रोला टिमले असई झालाई मधेशी भन्दै मधेशमै जा भनेर हेप्दै रँगभेदी व्यवहार गरेपछि चौतर्फी आलोचना सहित दबाब बनेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…