सिरहा गोली काण्डः आफ्नै दाजुले भाईलाई गोली हान्न दिएका थिए सुपारी !
रामसागरमाथि दुईवटा गोली प्र’हार गरिएको थियो । एउटा गोली हातमा र अर्को खुट्टामा लागेको थियो ।

२०७८ जेठ ३१ सोमबार, बेलुकी ७:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित आफ्नै जेठा दाजुले सम्पतिको रिसबीमा भाईमाथि गोली चलाएको खुलेको छ ।
गत जेठ २२ गते बेलुकी सिरहा जिल्लाको मिर्चैया बजारस्थित सिद्धि मेडिकलका सँचालक रामसागर साफीमाथि भएको गोली प्रहार काण्डमा सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
४० वर्षीय साफीलाई गोली प्रहार भएको घटनामा उनका दाजुसहित तीन जनालाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । अनुसन्धान तीव्र पारेर तीनै जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
सिरहा प्रहरीका प्रवक्ता एवम् डिएसपी शालिग्राम शर्माका अनुसार साफीमाथि गोली प्रहार गर्ने उनका दाजु ४२ वर्षीय सूर्यदेव साफी, गोलबजार नगरपालिका–११ का ४५ वर्षीय हकिम फकिर र मिर्चैया नगरपालिका–६ बस्ने २३ वर्षीय रोहित साफीलाई पक्राउ गरिएको हो ।
सूर्यदेवले पारिवारिक रिसईबी र सम्पत्तिको कारण आपराधिक समूहलाई पैसा दिई आफ्नै भाइमाथि गोली प्रहार गराएको प्रहरीको भनाइ छ । तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
रामसागरमाथि दुईवटा गोली प्र’हार गरिएको थियो । एउटा गोली हातमा र अर्को खुट्टामा लागेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…