मौन बसेका राजकिशोर अचानक बने मन्त्री, आजै गरे पदभार ग्रहण 

२०७८ जेठ २७ बिहीबार
बेलुकी ६:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । ओली नेतृत्वको सरकारको थप गरिएको मन्त्रीमण्डलमा महन्थ–राजेन्द्र पक्षधर राजकिशोर यादव पनि मन्त्री बनेका छन् । उनले आजै सपथ ग्रहण गरी पदभार समेत सम्हालेका छन् । 

शीतल निवासमा भएको एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी हुन् । त्यस्तै राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गराएका थिए । 

कामचलाउ प्रधानमन्त्रीले ओलीले सात जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्री हुनेहरूमा खगराज अधिकारी, मोहन बानियाँ, नैनकला थापा, ज्वालाकुमारी शाह, गणेश पहाडी, नारदमुनि राना, राजकिशोर यादव छन् ।  आशा विकले राज्यमन्त्री शपथ लिएका हुन् । 

खगराजलाई गृह मन्त्रालय, पहाडीलाई सामान्य प्रशासन, नैनकलालाई सञ्चार तथा सूचना प्रविधि, ज्वालाकुमारीलाई कृषि, नारदमुनिलाई वन, बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राजकिशोरलाई उद्योग तथा विकलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओलीले नै राखेका छन् ।

राजेन्द्र महतो उपप्रधानमन्त्री हुँदा बखत मन्त्रीमण्डलमा सहभागी नभएका राजकिशोर यादव मौन बसेका थिए । उनले माग गरेको मन्त्रालय नपाएपछि उनी मौन बसेका थिए भने विहिबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् । 

यसअघि उनी मन्त्री पद सहज रुपले आफैं नलिएको बेला समाजिक सँजाल सहित विभिन्न सँचारमाध्यमहरुमा उनलाई मन्त्री पद नै नदिएपछि राजेन्द्रको खेमा छाडेर उपेन्द्र खेमामा गएको आरोप पनि लगाइएको थियो । 

प्रतिनीधिसभा विघटन भएपछि गरिएको विरोध कार्यक्रमको क्रममा सिरहामा राखिएको एक कार्यक्रममा उनलाई बरियताको क्रम बढाएपछि उपेन्द्रपक्ष र राजकिशोर पक्षबीच मतभेद भएको थियो । सोही बखतदेखि उपेन्द्र यादव र राजकिशोर यादवबीचको मनमुटाव जारी नै रहेको छ । 

  • 0%
  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%

डिप्लोमा इन्जिनियर जनमत संघको सिरहा जिल्ला समिति गठन

  • २०७८ जेठ २७ बिहीबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठन डिप्लोमा इन्जिनियर जनमत संघको सिरहा जिल्ला तदर्थ समिति गठन गरिएको छ ।   मंगलबार एक कार्यक्रमबीच श्याम सुन्दर साह (जिज्ञासु)

पूरा पढ्नुहोस्

Bureau Menus