रिक्सा प्रयोग गरी चोरी गर्ने गिरोह पक्राउ
पक्राउ परेकाहरुलाई सप्तरी जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

२०७८ जेठ २७ बिहीबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । निषेधाज्ञाको समयमा पनि सिटी रिक्साको प्रयोग गर्दै चोरीमा संलग्न रहेको एक गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ५ बस्ने २८ वर्षिय महेश यादव, उनका मामा पर्ने सोही गाउँपालिका वडा नं।१ का २४ वर्षका रामदयाल यादव तथा राजविराज नगरपालिका वडा नं.६ का १९ वर्षिय सुभाष यादवलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरुले गत शनिबार राती राजविराज ४ स्थित मेनरोडमा रहेको आरके कम्यूनिकेशनको सटर फोरेर पाँच लाख मूल्य बराबरको मोबाईल तथा आठ हजार नगद चोरेर लगेको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
चोरी भएको पसलको सिसि टिभि फूटेजका आधारमा उनीहरुलाई चोरीका सामान सहित पक्राउ गरिएको काफ्लेको भनाई छ । सिसि टिभिको फूटेजका आधारमा प्रहरीले शुक्ष्म अनुसन्धानका क्रममा कुख्यात चोर महेशलाई घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो ।
त्यस पछि गरिएको केरकारका क्रममा रामदयाल र उनका साथी सुभाषको पनि चोरीमा संलग्नता रहेको खल्न आएको डिएसपी काफ्लेले जानकारी दिएका छन् । उनीहरुलाई पनि घरबाटै पक्राउ गरिएको हो ।
चोरीका नाईके महेश र सुभाषले रेकी गर्ने तथा रामदयालले चोरीका सामान सिटि रिक्सामा ओसार पसार र बेचबिखन गर्ने गरेको प्रहरीको कथन छ । रातका समयमा सिटि रिक्सा लिएर निस्कने र मौका हेरेर चोरी गर्ने काममा उक्त गिरोहको संलग्नता रहेको खुल्न आएको डिएसपी काफ्लेले बताए ।
बिगतमा भएका कतिपय चोरीका घटनामा पनि उनीहरुको संलग्नताको दाबीका साथ स्थानीयले छानबिनको माग गरेका छन् ।
पक्राउ परेकाहरुलाई सप्तरी जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…