प्रदेश २ः बर्दिवासमा दाजुभाई मृत अवस्थामा फेला !

रमेशको हातमा सामान्य चोट र नाकबाट रगत बगी रहेको पाइएको प्रहरीले जनाएको छ ।

२०७८ जेठ २५ मंगलबार
रति ८:४७ बजे
न्यूज ब्यूरो, डेस्क

 न्यूज ब्यूरो, बर्दिवास । प्रदेश नम्बर २ को महोत्तरीस्थित दुई दाजुभाई मृत अवस्थामा फेला परेको छ । महोत्तरी जिल्ला बजारक्षेत्र बर्दिबास नगरपालिकाको वडा नम्बर ३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् । 

सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पासो लागेर मृत भेटिएका थिए भने उनकै सहोदर भाइ ३४ वर्षीय टुपे भनिने रमेश परियार मङ्गलबार पूर्वपश्चिम राजमार्गबाट दक्षिणपट्टी बर्दिबास–१ मा मृत भेटिएका हुन् ।  दुबै घटनाको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ ।

रमेशको हातमा सामान्य चोट र नाकबाट रगत बगी रहेको पाइएको प्रहरीले जनाएको छ ।

 घटनाबारे अनुसन्धान थालिएको र शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

माईक्रोसफ्टले  Windows 10 बन्द गर्दै, अब नयाँ Windows आउने 

  • २०७८ जेठ २५ मंगलबार

न्यूज ब्यूरो, काठमाडौं । माइक्रोसफ्टले विण्डोज १० लाई अक्टुबर १४, २०२५ मा बन्द गर्ने भएको छ । अपरेटिङ सिस्टम सार्वजनिक भएको १० वर्षपछि कम्पनीले यो ओएसका लागि सपोर्ट बन्द गर्ने

पूरा पढ्नुहोस्

Bureau Menus