सिरहाको विपन्न वस्तीमा 'समाजिक सँस्था 'स्टोरिज अफ नेपाल' को राहत 

सिरहाको लहान नगरपालिका स्थित दुई विपन्न बस्तीमा ‘स्टोरीज अफ नेपाल’ले मंगलबार राहत बाँडेको हो । 

२०७८ जेठ २५ मंगलबार
बेलुकी ७:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्युज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित दुई विपन्न वस्तीमा समाजिक सँस्था स्टोरिज अफ नेपालले राहत वितरण गरेको छ । 

सिरहाको लहान नगरपालिका स्थित दुई विपन्न बस्तीमा ‘स्टोरीज अफ नेपाल’ले मंगलबार राहत बाँडेको हो । 

वडा नम्बर १५ ढोढना स्थित लंग्राहा र वडा नम्बर २४ को डाँडाटोल मुसहर वस्तीमा ६० परिवारलाई राहत वितरण गरिएको हो । राहत प्याकेजमा १९ थरीका सामाग्री रहेको थियो ।  

प्रति परिवार चामल २० किलो, पिठो ५ किलो, दाल ३ किलो, आलु ५ किलो,  प्याज २ किलो, खानेतेल एक लिटर,  च्युरा २ किलो , नुन १ किलो, चना ५०० ग्राम, सोयाबीन ५०० ग्राम, साबुन लुगा धुने र नुहाउने ५/५ पिस,  थर्मोमिटर १ थान, नेलकटर एक थान, मास्क ५० पिस , जीवनजल ५ प्याकेट, मन्जन एक थान,  प्याड २ प्याकेट र तौलिया १ पिसका दरले वितरण गरिएको थियो । 

प्रदेश २ का सिरहा, सप्तरी, धुनषा, पर्सा, महोतरीलगायत जिल्लामा पनि विपन्न परिवारलाई खाद्यान्न तथा व्यक्तिगत हेरचाह सामाग्री वितरण गरिएको  स्टोरिज अफ नेपालका स्वयंसेवक विकास साहले बताए । 

 खाद्यान्न तथा हेरचाह सामाग्री पाएपछि स्थानीयहरुले राहत वितरक संस्थाको प्रशंसा गरेका थिए । अशिक्षा, बेरोजगारी र जातिय भेदभावका कारण पिछडिएको दलित समदुायले चरम गरिबीको सामना गरिरहँदा कारोना महामारी र लम्बिदो निषेधाज्ञाका कारण छाक टार्ने समस्या खेप्नु परिरहेकोे छ । 

स्थानीय तहको नयाँ संरचनासंगै गाउँहरु नगरपालिकामा गाभिए पनि  नगरका अधिकांश वडाहरुमा अझै पनि विकासले गति लिन सकेको छैन । नगरपालिका बनाइए पनि अवस्था दूर्गमकै । यसको प्रत्यक्ष असर समुदायले पनि भोग्नु परिरहेको स्थानीयले सुनाए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कुटपिट भाइरल भिडियो प्रकरण : दलित युवकलाई कुटपिट गर्ने ३ पक्राउ 

  • २०७८ जेठ २५ मंगलबार

न्यूज ब्यूरो, रौतहट ।  दलित युवकलाई बाँधेर कुटपिट गरेको आरोपमा रौतहटमा ३ जना जना पक्राउ परेका छन् । रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवानलाई कुटपिट गरेको आरोपमा वडा नम्बर ४

पूरा पढ्नुहोस्

Bureau Menus