विपन्नहरुलाई सनराइज युथ सिरहाको आपतकालिन राहत
यस राहत वितरण कार्यक्रममा साथ दिएको सम्पूर्णलाई हृदय देखी सनराइज यूथ सिरहा सञ्जालले आभार प्रकट गरेको छ ।

२०७८ जेठ २४ सोमबार, बिहान ९:०१ बजे१ मिनेट पढाइ

न्युज ब्यूरो, सिरहा । कोभिड– १९ को दोश्रो लहरलाई नियन्त्रण गर्न देशको अधिकांश ठाउँमा नेपाल सरकारद्वारा लकडाउन लगाउँदा आपतमा परेका निमुखाहरुलाई आपतकालिन राहत प्रदान गरिएको छ ।
लागू निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरी २ छाक खाना खानेलाई समस्या परेकोले सनराइज युथ सिरहा सञ्जालद्वारा गरीबहरुका लागी “आपतकालीन राहत वितरण कार्यक्रम” चलाएको छ । यस अभियान अन्तर्गत अती विप्पन गरीबहरुलाई राहत वितरण गरिने छ।
यस अभियान अन्तर्गत आज कर्जनहा नगरपालिका वडा नं ५ मा अती विप्पन गरीबलाई राहत वितरण गरिएको छ । राहतमा (चामल, दाल, नुन,आलु, तेल, सोयाबिन आदि वितरण गरिएको छ ।
यस राहत वितरण कार्यक्रममा साथ दिएको सम्पूर्णलाई हृदय देखी सनराइज यूथ सिरहा सञ्जालले आभार प्रकट गरेको छ ।
लकडाउनमा भोकमरीको कारणले गर्दा कसैले ज्यान गुमाउन न परोस भन्ने उद्देश्यको साथ “सनराइज यूथ सिरहा सञ्जाल” ले गर्दै आइरहेको राहत वितरण निरन्तर जारी राखेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…