प्रदेशमा उथलपुथल

बदला : मुख्यमन्त्री राउतले गरे जीतेन्द्र सोनल सहित चार मन्त्रीलाई पदबाट बर्खास्त 

प्रदेश प्रमुखको सचिवालयले राती नै जारी गरेको विज्ञप्ति अनुसार मुख्यमन्त्री लालबाबु राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्नेगरि जिम्मेवारी तोकिएको छ ।

२०७८ जेठ २४ सोमबार
बिहान ०७:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रदेश २ को सरकारबाट मुख्यमन्त्री लालबाबू राउत गद्दीले चार जना मन्त्रीलाई पदबाट बर्खास्त गरिदिएका छन् । 

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई सरकारबाट बर्खास्त गरिएको छ ।

जसपाको ठाकुर–महतो समुहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री लालबाबु राउतले आइतवार अबेर राती हटाएको पत्र प्रदेश प्रमुख डा. राजेश झाको सचिवालयमा दर्ता गराएका छन् ।

प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रीमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गरे । प्रदेश प्रमुखको सचिवालयले राती नै जारी गरेको विज्ञप्ति अनुसार मुख्यमन्त्री लालबाबु राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्नेगरि जिम्मेवारी तोकिएको छ ।

 विजय कुमार यादवलाई पूर्ववत नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञानेन्द्र कुमार यादवलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, शैलेन्द्र साहलाई भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नवल किसोर साहलाई समाजिक विकास मन्त्रालय र रामनरेश यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम रहेको विज्ञप्तिमा उल्लेख छ ।

जसपाको ठाकुर–महतो समुहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री लालबाबु राउतले आइतवार अबेर राती हटाएको पत्र प्रदेश प्रमुख डा.राजेश झाको सचिवालयमा दर्ता गराएका छन् ।

  • 0%
  • 28%
  • 15%
  • 21%
  • 1%
  • 34%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७८ जेठ २४ सोमबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus