महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निकालिए
‘पार्टी सदस्यबाट निस्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिएका छौं’ नेता ईस्तियाक राईले भने ।

२०७८ जेठ १८ मंगलबार, दिउँसो २:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।
बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको हो ।
‘पार्टी सदस्यबाट निस्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिएका छौं’ नेता ईस्तियाक राईले भने ।
पार्टीका प्रथम अध्यक्ष भनिएको महन्थ ठाकुर सहित जसपाका नेता राजेन्द्र महतोलाई पार्टीबाट निष्कासनको चेतावनी दिएको थियो ।

गत जेठ ११ गते सोधिएको स्पष्टिकरणको जवाफ अझै नपठाएको भन्दै महन्थ ठाकुर र राजेन्द्र महतोसहित अन्य दुई नेतालाई पार्टीबाट निष्कासनको चेतावनी दिएको थियो । गत जेठ १५ गते पुनः चारैजना नेताहरुलाई पार्टी विपरित कार्य गरेको भन्दै स्पष्टिकरणको समेत जवाफ नआएकोले निष्कासनको चेतावनी दिएको थियो ।
पार्टीको केन्द्रीय कार्यकारिणी अध्यक्ष रहेका ठाकुरलाई गत जेठ ११ गते ९ बुँदे स्पष्टिकरण सोधिएको थियो । पार्टीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले ठाकुरलाई पार्टीको तर्फबाट पार्टीको हित विपरित कार्य गरेको भन्दै ९ बुँदे स्पष्टिकरण सोधेको थियो ।
ठाकुरलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएपनि अझसम्म स्पष्टिकरण पेश नगरेको भन्दै जेठ १५ मा पुनः २४ घण्टे अल्मिेटम सहित कारवाहीको चेतावनी पनि दिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…