जनकपुरः सडक विस्तारको विवादमा घाईते भएकी सुमित्राको मृत्यू
उनको आईतबार बेलुकी उपचारको क्रममा अस्पतालमै मृत्यू भएको परिवारजनलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

२०७८ जेठ १७ सोमबार, बिहान ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सडक बिस्तारको बिषय लिएर भएको विवादको क्रममा भएको झडपमा घाईते भएकी एक महिलाको मृत्यू भएको छ ।
धनुषा जिल्लास्थित सबैला नगरपालिका वडा नम्बर ४ पटेर्वामा गत बैशाख २४ गते सडक विस्तारको क्रममा दुई पक्षबीच कुटपिट हुँदा स्थानीय सुमिन्त्रा देवी यादव घाईते भएकी थिएन् । उनको उपचारको क्रममा मृत्यू भएको हो ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर ४ को पटेर्वा टोलमा सडकको पिसिसी ढलान गर्ने क्रममा उपभोक्ता समिति पक्ष र गाउँले पक्ष विवाद हुँदा दुई दर्जन मान्छे सहित एक प्रहरी असई पनि घाइते भएका थिए ।
घाईतेहरुको उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको थियो। बिवादमा हात रहेको भन्दै ईलाका प्रहरी सबैलाले एकजनबलाई पक्राउ पनि गरिएको र घटना सम्बन्धि थप अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यलय सबैलाको प्रहरी निरीक्षक राजेश सिँग्देलले जानकारी दिएका थिए।
घाईते सुमिन्त्रा देवि यादवको प्रदेशिक अस्पतालबाट नोवेल अस्पताल बिराटनगरमा रेफर गरिएको थियो । उपचारर्थ रहेको सुमिन्त्रा देवि यादवको मृत्यू भएको प्रहरीले जनाएको छ ।
उनको आईतबार बेलुकी उपचारको क्रममा अस्पतालमै मृत्यू भएको परिवारजनलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…