आस्था च्यानलबाट प्रदीप मिश्रले शिव महापुराणमा आज 'कोरोना' उपर प्रवचन दिने
कोरोनाबाट बच्न सहित शिव महापुराणसँग जोडिएको महामारी उपर प्रवचनले श्रद्धालु एवम् आम नागरिक पनि प्रभावित हुने विश्वास लिइएको छ ।

२०७८ जेठ १६ आइतबार, बिहान ७:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको उत्तर प्रदेशबाट प्रसारण भइरहेको आस्था च्यानलबाट आज कोरोना उपर पण्डित प्रदीप मिश्रले प्रवचन दिने भएको छ ।
आस्था च्यानलबाट प्रसारण हुँदै आएको शिव महापुराण अन्तर्गत आज प्रदेश नम्बर २ लाई केन्द्रीत गरी कोरोना महामारी उपर प्रवचन दिने भएको छ । भारतको उत्तर प्रदेश सिहोरबाट प्रत्यक्ष प्रसारणमा आज नेपाली समयानुसार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म प्रवचन दिने भएको छ ।
आईतबार कोरोना विशेष प्रवचन राखिएको उनका निकटतम एवम् सरस्वति नमुना उच्च माविका प्रधानाध्यापक सत्यनारायण मण्डलले जानकारी दिए । उनका अनुसार, आज कोरोना विशेष कार्यक्रम मात्र राखिएको बताए ।
कोरोनाबाट बच्न सहित शिव महापुराणसँग जोडिएको महामारी उपर प्रवचनले श्रद्धालु एवम् आम नागरिक पनि प्रभावित हुने विश्वास लिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…