उल्टो झुण्डयाइए राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली
जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञामा समेत विद्यार्थीहरुले दैनिक विरोध प्रदर्शन गरिरहेका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले हिजो मात्रै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका थिए ।

२०७८ जेठ १० सोमबार, दिउँसो ३:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । संयुक्त विद्यार्थी मोर्चा ठाकुराम बहुमुखी क्याम्पसले वीरगञ्जमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला उल्टा झुण्ड्यएर सांकेतिक प्रदर्शनी गरेको छ ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संसद् विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरेर संविधान माथि प्रहार गरेको भन्दै मोर्चाले सोमबार ठाकुरराम बहुमुखी क्याम्पसको मूलद्वारमा उनीहरुको पुत्ला उल्टा झुण्ड्याएर सांकेतिक विरोध प्रदर्शन गरेको हो ।
पाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), समाजावादी विद्यार्थी युनियन र अनेरास्वयियूले संयुक्त रुपमा बनाएको मोर्चाबाट गरिएको प्रदर्शनमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला उल्टा झुण्ड्याइएर संसद् विघटन खारेज गर, विद्या(केपी मुर्दाबाद, प्रतिगमनलाई अन्तिम धक्का लगायतका नारा पनि लेखिएको थियो ।
जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञामा समेत विद्यार्थीहरुले दैनिक विरोध प्रदर्शन गरिरहेका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले हिजो मात्रै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…