जन्ती (बाराती) लिएर हिडेको बस दुर्घटना, ५ जनाको अवस्था गम्भीर
बस तिव्र गतिको भएका कारण दुर्घटनामा परेको र बेहुला बेहुली भने अर्को गाडीमा रहेकाले सुरक्षित रहेका छन् ।

२०७८ जेठ १० सोमबार, दिउँसो २:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ को रौतहट जिल्लास्थित जन्ती (बाराती) लिएर हिँडेको बस दुर्घटना हुँदा पाँच जना गम्भिर घाईते भएका छन् ।
रौतहटको गुजरा नगरपालिकास्थित खतवहिआबाट जन्ती लिएर गएको बस बाराको मानमत कलैया सडकखण्ड अन्तरगत जितपुर सिमरा उपमहानगरपालिका १६ को डकाहमा दुर्घटना भएको छ ।
दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ को अवस्था गम्भीर रहेको छ । सोमबार विहान सवा १० बजे ना४ ख ४७४९ नम्बरको बस दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि तत्कालै एम्बुलेन्सबाट जिल्ला अस्पताल कलैया तथा नेस्नल मेडिकल कलेज वीरगन्ज पठाइएको छ ।
बस तिव्र गतिको भएका कारण दुर्घटनामा परेको र बेहुला बेहुली भने अर्को गाडीमा रहेकाले सुरक्षित रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…